बंगलादेश विमान दुर्घटनामा मृतकको संख्या बढेर २७ पुग्यो

डिसी नेपाल
६ साउन २०८२ ११:०६
128
Shares

काठमाडौं । बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ।

बीबीसी बंगलाका अनुसार बंगलादेशका प्रमुख स्वास्थ्य सल्लाहकारका विशेष सहायक सैदुर रहमानले मृतक २७ जनामा २५ बालबालिका, एक पाइलट र एक शिक्षक रहेको बताए ।

यसबाहेक ७८ जना विभिन्न अस्पतालमा उपचाररत छन्।

बंगलादेश वायुसेनाको एफ-७ बीजीआइ प्रशिक्षण विमान सोमबार दिउँसो राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कूल एण्ड कलेज क्याम्पसमा दुर्घटनाग्रस्त भएको छ।

घटनाको केही घण्टा पछि अन्तर-सेवा जनसम्पर्क (आइएसपीआर) ले आधिकारिक विज्ञप्ति जारी गर्‍यो।

विज्ञप्ति अनुसार, “विमान उडेको केही समयपछि नै प्राविधिक गडबडी भयो। अनुसन्धान पूरा भएपछि विस्तृत जानकारी साझा गरिनेछ।”

यो विमान दुर्घटनापछि बंगलादेशको अन्तरिम सरकारले एक दिनको शोकको घोषणा गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.