वार्षिक कार्यसम्पादनमा डिभिजन वन जुम्ला कर्णालीकै पहिलो
मुगु । वार्षिक कार्य सम्पादनमा डिभिजन वन कार्यालय जुम्ला कर्णाली प्रदेशकै पहिलो भएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा वार्षिक विनियोजित कार्यक्रम कार्यान्वयनका विभिन्न काम समयमा नै सम्पन्न गरेकोमा डिभिजन वन कार्यालय पहिलो भएको हो।
कर्णाली प्रदेशका ११ वटा डिभिजन वन कार्यालय मध्य उत्कृष्ट कार्यसम्पादन गरेकोमा डिभिजन वन कार्यालयलाई सम्मान समेत गरिएको छ।
हाल डिभिजन वन कार्यालय जुम्ला जुम्लाकै भरत बुढ्थापाले हाकि रहेका छन्। उनको कार्यसम्पादन, कर्मचारी परिचालन तथा समन्वयको कार्यकौशलता कार्यक्रम कार्यान्वयमा देखिएपछि डिभिजन वन कार्यालय जुम्ला कर्णालीमै प्रथम हुन सफल भएको हो।
सुर्खेतमा आयोजित कर्णालीका ११ वटै डिभिजन वन कार्यालयको प्रगती समिक्षा कार्यक्रममा उत्कृष्ट वन डिभिजनलाई सम्मान गरिएको छ। उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव शेरबहादुर श्रेष्ठले सम्मानपत्र हस्तान्तरण गरेका थिए। सम्मान पत्र ग्रहण गर्दै डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बुढ्थापाले कर्णाली प्रदेशमै उत्कृष्ट कार्यालयमा घोषित भएपछि थप जिम्मेवारी महसुश भएको बताए।
तोकिएको जिम्मेवारी पूरा गर्दै गर्दा तालुक निकायबाट कामको प्रशंसा हुँदा खुसी लागेको उनको भनाई छ।
मन्त्रालय अन्तर्गत वार्षिक विनियोजित कार्यक्रम कार्यान्वयन तथा सेवा प्रवाहमा डिभिजन वन जुम्लाले गरेको काम अन्य जिल्लाका लागि पनि अनुसरण योग्य रहेको मन्त्रालयका सचिव श्रेष्ठले बताए। डिभिजन वन कार्यालय जुम्लाको कुल बजेटको ७८.३५ प्रतिशत खर्च भएको छ। उनले अन्य जिल्लामा पनि सन्तोसजनक मात्र प्रतिशत आएको समेत बताएका छन्।







डिसी नेपाल







Facebook Comment