कविता : अस्ताउँदो सूर्य

शंकरप्रसाद रिजाल
१० साउन २०८२ ७:२२
136
Shares

बिहान लालिमा छर्दै सूर्य देव उदाउँछन्
साँझ थकाई मार्दै पश्चिममा अस्ताउँछन्
दिनमा घाम झुल्काइ साँझ बिश्राम गर्दछन्
रातमा चन्द्रमालाई पालो दिइ सुत्दछन्।

हरेक दिन छ यो लिला उज्यालो दिइरहने
विश्व मानवको लिलामा सर्वश्व बनिदिने
उदाउँदो सूर्यको मुख त्यो हेर रातो टलपल टल्किने
अस्ताउँदोको अनुहार हेर रंगी बिरंगीमा देखिने।

घोडा चढी उनी हिँड्छन् दौडी दौडी आकासमा
लागेका छन् सधैं पछि पछि चन्द्रमाको भेटमा
गर्मीले पसिना पुस्दै बादलभित्र उनी लुक्दछन्
तातो त्यो सहन नसकी एकान्तमा बस्तछन्।

खाने पिउने कुनै छैन दिनेपनि न कुनै
जल पिई उनी बस्छन् सन्तले दिएको जुनै
संसारको माथि बसेपनि आगोमा जलिरहने
साथी भाइ कुनै छैनन् सधैं एक्लै हिँडिरहने।

इच्छा उमंग सब छोडी एकान्तमा घुमिरहने
रातभरिको शीत तापी तातो हावामा बहिरने
सूर्यको तेज त्यो हेर आँखानै झिल्मिलाउने
मुख हेरिरही बसेमा संसारनै तिल्मिलाउने।

गोलो आगोको डल्लोलिइ आकासमा तैरिने
स्वतन्त्र पूर्वक जीवन लिइ विश्वमा घुमिरने
दिनभरी फूर्तीले घुमी साँझमा कतै लुकने
भोलिको कर्ममा फेरि आकासमा झुल्किने।

चित्कार

चित्कार मनको ज्वाला फुट्छ मनभरी
दुःखको आँसुको धारा छुट्छ आँखाभरी
बिछोड प्रेमको काया घुम्छ जाँतोसरी
नछोड मनको मोह उजाड छ जीवनभरी।

जन्मको सुरुमा नै चित्कार खुलिहाल्दछ
आमा भन्दै मोहको बाजा बजी हाल्दछ
युवाबस्थामा प्रेमको चित्कार गरौं कि भनी
चित्कार छोडी सबै हिँड्छन् प्रेममा मग्न बनी।

इसाराको भरमा प्रेम गर्छन् जुनैपनि
नगर्दा प्रेम अर्कोले चित्कार गुन्जिहाल्दछ
नपाउँदा प्रेम अर्काको उसले शंख फुकिहाल्द्छ
खानपिन नपाउँदापनि जीवले चित्कार छोड्दछ

जुठो चोखो कुनै हुन्न उसले खान नै खोज्दछ
अभाव यो ठूलो भोक सधैं चित्कार गर्दछ
खान पाए भनेदेखि सत्कार गरि हिँड्दछ
चित्कार भोकको प्यासी हात पसारी हिँड्दछ।

हुँकार दम्भको प्यासी हात्ती झैं बहुलाउँछ
ज्ञानको भोक त्यो प्यासी भित्र भित्रै हराउँछ
चेतनाको ज्वाला फुट्दा उ एक्लै कराउँछ
चित्कार बनी त्यो सारा स्वर्ग भित्र रमाउँछ।

अहो चित्कार हो कस्तो मन जागृत गराउने
जागृत मनको आभामा तेज उसको बढाउने
चित्कार मनको ठूलो शब्द बोली कराउने।

चिच्याई मनको शान्ति आफू भित्र गराउने
अपुरो मनको भ्रान्ति आफू भित्र फैलाउने
मनका भित्रका कुरा लिइ बाहिर चिच्याउने
सोच मनमा सफा राख हुन्छ बन्द चिच्याइको।

प्रेम पुजारी

पुजारी प्रेमको हेर त्यो आनन्दमा रमाउँछ
अमर प्रेमको हेर त्यो गोलोकमा पुर्याउँछ
भक्ति मनमा राख एकाग्र बनि चिन्तन
प्रेमको भक्तिरसमा डुब गोलोकमा पुगन।

दया र करुणाको सरिता सधैं बगाउने गर
भाव त्यो मनमा राख भक्ति भाव र तप
कुभाव मनमा राखे इश्र्या र द्वेष बढ्दछ
सुभाव सोचमा राखे लोभ र मोह घट्दछ।

साथी संगी सबैलाई प्रेमको ग्रन्थ सुनाउ
माथि माथि उचाइमा यो प्रेमलाई चढाउ
सम्झना सबको राख भाव मनको हराभरा
पहाडपनि झुक्नेछन् सबै ती गरागरा।

बन प्रकृतिकोे प्रेमी पूजा प्रेमको गरी
ईश्वरपनि झुक्नेछन् तिम्रो अगाडि निहुरी
एकाग्र बनि हेर प्रेममा कति भाव छ
चन्द्रमापनि अड्ने छिन् अचम्म त त्यो छ।

चन्द्र सूर्य चाहिन्न त्यो प्रेममा परेपछि
उज्यालो अँध्यारो कुनै हुन्न प्रेममा डुबेपछि
खाने पिउने कुनै हुन्न प्रेमको रस पिएपछि
प्रफुल्लित हुँदै आउँछ त्यो सोमरस निलेपछि।

पूजा प्रेमको गर्दा निस्काम सधैं रहोस्
मनमा कलुसिता यसको कहिले नहोस्
प्रेम जीवनको भोक उ फर्की फर्की आउँछ
भोक यसको मिटेमा तृप्त यसले बनाउँछ।

तारा खसेको

एक रातमा आकास हेरी रहेको थिएँ
सन्नाटामा म टोलाई रहेको थिएँ
बीच नभमा मेरा नजर परेका थिए
सारा ताराहरु झिल्मिलाई रहेका थिए।

खुसी मेरो मनको म कसलाई बताउँ
सबै निद्रामा छन् म कसरी सुनाउँ
कुनै ठूला कुनै साना ती ताराहरु हेरदै
खुसीले गद्गदेको छु निद्रा म फेरदै।

रातको मध्यरातमा एक तारा खसी गयो
एकपछि दोश्रो, तेस्रो र चौथोपनि खसीगयो
के भयो नभमा एउटा बिचित्र दृश्य देखियो
भोलि कैले हुने होला भन्नेमा रात बितिगयो।

शुभ हो कि अशुभ हो मैले भन्न सकिनँ
आमासँग सोध्छु भन्दा आमा मैले पाइनँ
पितासँग सोध्छु भन्दा पितापनि भेटिनँ
प्रियासँग बुझौं भन्दा त्योपनि पाइनँ।

छायाँ

छायाँ प्रतिबिम्ब हो जीवनको उ पछ्याई आउँछ
कालो जीवनको ग्रन्थ बोकी उ साथै पछ्याउँछ
ऐनासरी देखिने कालो बिम्बमा यो देखिने
उज्यालो दिनमापनि साथी बनी सँगै हिँड्ने।

गोरा काला युवा युवती बुढा बुढीपनि सबै
सबैका रुप फेरिन्छन् काला बनी ती खुबै
कालो रुप त्यो छायाँ कालाम्पुर त्यो देखिने
सेतो हिमालको हिउँमापनि कालै बनी उभिने।

जीवको जीवन मोडमा उ उठी बसी जिउने
सारा जीवको जीवनमा उ छायाँ बनी भेट्ने
खानु लाउनु कुनै छैन खाए जस्तो उ देखने
जीवको मोडमा उसको जीवन सरिता बहने।

रंगमा कालोमा कालो जीव जस्तो भएपनि
डढेको जीवको लास झैं उ उब्बिने र बसने
लडेझैं उ लडी दिन्छ उठे उ उठी आउँछ
जीवको सहारामानै उ आफ्नो रुप फेर्दछ।

नाक मुख कुनै छैन आँखा घाँटी कुनैपनि
रपनि जीवझैं आफ्नो बनाउँछ काया जुनैपनि
भुईंमा यसको काया कालो कालसरी देखिने
पानीमा यसको छायाँ ऐनामा झैं टल्किने।

म सोध्छु “को हौ तिमी शब्द देउ न लौ
मलाई छायाँ होकी पच्छ्याई आउने सबैलाई
छायाँनै हौ भने तिमी मायामा किन नाच्दछ्यौ
विश्वमानवको लिलामा सर्वस्व किन बन्दछ्यौ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *