गृह मन्त्रालयको कर्मचारी भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

डिसी नेपाल
७ साउन २०८२ १९:१७
56
Shares

काठमाडौं । गृहमन्त्रालयको कर्मचारी भन्दै श्रृंखलावद्ध ठगी गर्दै आएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुलीको कमलामाई नगरपालिका–१३ का ४६ वर्षीय गंगा हरि न्यौपानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुली प्रहरीको सहयोगमा भीमानबाट पक्राउ गरेको हो।

उनले आफू गृह मन्त्रालयको कर्मचारी भएको नक्कली परिचय दिँदै विभिन्न व्यक्तिलाई ठगी गर्दै आएको पाइएको छ। पछिल्लो पटक उनले गृह मन्त्रालयमा करारको जागिर लगाइनदिने भन्दै फर्जी फारम समेत भर्न लगाएर ठगी गरेको पाइएको प्रहरीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.