चिकित्सक संघद्वारा सरकारसँग भएको सहमति कार्यान्वयन गर्न माग
काठमाडौं। नेपाल चिकित्सक संघले सरकारसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने माग गरेको छ।
आज एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको निर्देशनमा गत असार २४ गते सरकारले संघसँग गरेको उपभोक्ता संरक्षण ऐनलगायत विद्यमान कानुनी तथा नीतिगत व्यवस्था संशोधनका लागि तीन बुँदे सहमति कार्यान्वन गर्नुपर्ने माग गरेको हो।
सरकार र संघबीच विद्यमान कानुनी एवम् नीतिगत व्यवस्थामा आवश्यक संशोधनलगायत विषयमा ११ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्नेगरी तीन सदस्यीय कार्यदल गठन भएको थियो।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारकासँग भएको सहमति समयमै पालना नहुँदा भविष्यमा मौखिक वा लिखित प्रतिबद्धतामाथि विश्वास गर्ने कुनै आधार हुँदैन। यसबाट नेपाल सरकारको विश्वसनीयता पनि गुम्ने स्थिति सिर्जना हुने प्रति ध्यानाकर्षण गराउन चाहन्छौँ।’







डिसी नेपाल







Facebook Comment