भ्रष्टाचार र मानव तस्करीको विषयमा सरकारको उदासीनता : सांसद कठायत

डिसी नेपाल
९ साउन २०८२ १४:०१
36
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले भिजिट भिसाको आवरणमा भइरहको भ्रष्टाचार र मानव तस्करीको विषयमा गम्भीर आपत्ति जनाउँदै सरकारको उदासीनता प्रति कडा आलोचना गरेकी छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कठायतले विगत लामो समयदेखि संसद र सडक दुवैमा यो विषय उठिरहँदा पनि सरकारले कुनै प्रभावकारी कदम नचालेको उल्लेख गरेकी हुन्।

उनले भनिन्, ‘यस देशमा न्याय, कानुन, जवाफदेहीता र मानविय सम्बेधना मरेरै गएको हो त? भिजिट भिसाको आवरणमा भैइरहेको भ्रष्टाचार र मानव तस्करीको विषय यति लामो समयसम्म संसद र सडक दुवैमा उठ्दा पनि सरकार उदासिन छ।’

उनले सरकारले यो विषयलाई टालटुल समिति बनाएर पन्छ्याउने प्रयास गरिरहेको बताउँदै रास्वपा यसमा पूर्णतः अस्वीकार्य रहेको बताइन्। उनले भनिन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले यो कुटिल कदमलाई पूर्ण अस्वृकार गर्दै उच्च स्तरिय न्यायिक आयोग वा संसदीय समिति नै बनाउन माग गरेको छ। हामीले सरकारको यो कुटिल कदमलाई अस्वीकार गर्दै उच्चस्तरीय न्यायिक आयोग वा संसदीय छानबिन समिति नै माग गरेको छ।’

सांसद कठायतले यो विषय अब केवल राष्ट्रिय चिन्ताको विषय नभई अन्तर्राष्ट्रिय सरोकारको विषय पनि बनिसकेको बताइन्। ‘राष्ट्रसङ्घ मात्र होइन, मित्र राष्ट्रहरू समेत चासो देखाइरहेका छन्। छिमेकी भारतका मिडियामा समेत यो विषयले स्थान पाइसकेको छ,’ उनले भनिन्।

रास्वपाले यो मुद्दालाई संसदभित्र र बाहिर निरन्तर उठाउने प्रतिबद्धता जनाउँदै दोषीहरूलाई कारबाही गर्न सरकारलाई दबाब दिइरहने जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.