एनोनेमोअस ब्याण्डको पहिलो प्रस्तुती सार्वजनिक

डिसी नेपाल
११ साउन २०८२ ११:५०
44
Shares

काठमाडौं । एनोनेमोअस ब्याण्डले आफ्नो पहिलो प्रस्तुती सार्वजनिक गरेको छ । भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गरी ब्याण्डले ‘बुद्धको देशमा’ बोलको पहिलो गीत सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा बुद्धको देशमा शान्ती नभएकाले शान्तीको कमना गरिएको छ । भिडियोमा राजा विरेन्द्रको वंश नाश सँगै देशको राजनितक अस्थिरता ,भुक्कप ,बाढिपहिरो लगायतका दृश्य देखाइएको छ ।

गीतमा ब्याण्डका संस्थापक राम ज्यापुको स्वर रहेको छ । उनका अनुसार यो गीत २०५८ साल देखि नै लेख्न सूरु गरिएको हो । ब्याण्डका अन्य टिम बाहिर रहेकाले समयमा यो गीत सार्वजनिक गर्न नसकिएको उनको भनाई छ ।

‘केहि समय अन्य साथी हरु बाहिर थिए ,गीत पहिला नै सार्वजनिक गर्नुपर्ने थियो । सकिएन । अब सबै साथिहरु सँगै छौ ,अब निरन्नतरता दिन्छौ । देश विदेशभरि कार्यक्रम गर्ने योजना पनि छ ‘ ज्यापुले भने ।

उनले हालै ३ गीत तयार भइसकेको र थप ५ गीत तयार गर्ने योजना रहेको समेत बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.