अमेरिकाको मिशिगनमा सुपरमार्केटमा चक्कु आक्रमण
काठमाडौं । अमेरिकाको मिशिगनस्थित वालमार्ट सुपरमार्केटमा चक्कु आक्रमण हुँदा कम्तिमा ११ जना घाइते भएका छन्। यो जानकारी अधिकारीहरूले दिएका छन्।
ट्राभर्स सिटीमा भएको छुरा प्रहारको घटनापछि एक संदिग्ध व्यक्तिलाई हिरासतमा राखिएको अधिकारीहरूले पुष्टि गरेका छन्।
नजिकैको म्यानहट्टन मेडिकल सेन्टर अस्पतालले ११ जना घाइते बिरामीहरूको त्यहाँ उपचार भइरहेको बताएको छ। अस्पतालका अनुसार छ जना बिरामीको अवस्था गम्भीर छ।
घटनाको अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment