पहिलोपटक न्यूजिल्यान्ड टूर गर्दै मंगोलियन हार्ट, तीन सहरमा सांगीतिक धमाका

डिसी नेपाल
११ साउन २०८२ २१:०६
168
Shares

काठमाडाैं। नेपालको चर्चित तथा लोकप्रिय ब्याण्ड मंगोलियन हार्ट पहिलोपटक न्यूजिल्याण्ड टूरमा निस्कँदै छ। सन् १९९२ मा स्थापना भएको यस ब्याण्डले सन् २०२५ को विशेष टूर अन्तर्गत न्यूजिल्याण्डका तीन प्रमुख सहरहरू– क्राइस्टचर्च, अकल्यान्ड र टाउरङ्गामा आफ्ना दर्शक–श्रोतामाझ प्रत्यक्ष सांगीतिक प्रस्तुति दिने भएको हो ।

न्यूजिल्यान्डमा पहिलोपटक टुर गर्न पाउँदा उत्साहित छ, ब्यान्ड । टुरलाई भव्य बनाउन गज्जब तयारी गरिरहेको बताउँछन्, ब्यान्डका म्यानेजर तथा गितारिस्ट बोबी लामा । ‘हामी नयाँ र पुराना दुवै गीतहरू प्रस्तुत गरेर दर्शकलाई पूर्ण मनोरञ्जन दिने तयारीमा छौं। दर्शकको मायाले नै आज हामीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म ल्याएको हो,’ लामाले भने ।

मंगोलियन हार्टको आठ सदस्यीय टोली यही जुलाई २९ मा काठमाडौंबाट न्यूजिल्याण्डका लागि प्रस्थान गर्नेछ। यस टूरको आयोजना स्थानीय इभेन्ट कम्पनी ‘सम्बन्ध इभेन्ट्स द्वारा गरेको हो ।

सांगीतिक यात्राका क्रममा ब्याण्डले आफ्ना सुपरहिट गीतहरूको प्रस्तुति दिनेछ भने नेपाली समुदायलाई एकै ठाउँमा ल्याई सांस्कृतिक उत्सवको रूप दिने लक्ष्य लिइएको छ।

नेपाली संगीतप्रेमीहरूका लागि यो टूर एक अविस्मरणीय अवसर बन्ने आयोजकको विश्वास छ। ब्याण्डको टोली आगामी अगस्ट १५ मा नेपाल फर्किनेछ र त्यसपछि अगस्ट २० मा मिजोरम, उत्तर–पूर्व भारतमा आफ्नो प्रस्तुति दिन जाँदैछ। गायक राजु लामा लिड भोकलिस्ट रहेको यो ब्यान्डमा बोबी लामा रिदम गिटार, भूपेन्द्र बज्राचार्य लिड गिटार, सन्तोष थापा ड्रम, विनय महर्जन बाँसुरी, बाबुराजा महर्जन परकसन (मादल), पवन कपाली बास गिटार र निरेन्द्र रञ्जित साउन्ड इन्जिनियर रहेका छन् ।

‘बाँदलपारिको देशबाट, मेरो नेपाल, सुम्निमा, म माया लाउँदिनँ, हल्ला चलेछ, तिमीलाई देखेर, पर्खाइमा, सायद तिम्रो बाटोमा, उँभो उँभो खासा, सैलुङ्गे मेला’ आदि मंगोलियन हार्टका चर्चित गीतहरू हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.