गाजामा कुपोषण ‘खतरनाक स्तर’ मा पुगेको र तीव्र गतिमा बढिरहेको डब्लुएचओको चेतावनी

डिसी नेपाल
१२ साउन २०८२ ११:२४
32
Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजामा कुपोषण ‘खतरनाक स्तर’ मा पुगेको र तीव्र गतिमा बढिरहेको चेतावनी दिएको छ।

गाजामा फेरि सहायता सामग्री हवाईमार्फत खसाल्न थालेको बेला डब्ल्यूएचओको यो चेतावनी आएको हो।

जोर्डनले संयुक्त अरब इमिरेट्स (युएई) सँगको सहकार्यमा आइतबार गाजामा २५ टन सहायता सामग्री खसालेको बताएको छ।

यसैबीच, इजरायलले गाजाका केही भागहरूमा दैनिक १० घण्टा सैन्य कारबाही बन्द गर्ने र संयुक्त राष्ट्र संघलाई राहत सामग्री पठाउनको लागि एउटा कोरिडोर खोल्ने बताएको छ।

इजरायलले ‘जानाजानी भोकमरीको झूटो दाबीलाई खण्डन गर्न’ यो गरिरहेको बताएको छ। साथै, हमासले यो विषयलाई ‘आफ्नो छवि बिगार्ने प्रयास’ भएको आरोप लगाएको छ।

संयुक्त राष्ट्रसंघका सहायता प्रमुख टम फ्लेचरले आइतबार इजरायलले केही यात्रा प्रतिबन्धहरू खुकुलो पारेको बताएका छन्।

रोयटर्सका अनुसार, फ्लेचरले प्रारम्भिक रिपोर्टहरूले गाजामा सहायता बोकेका १०० भन्दा बढी ट्रक आइपुगेको संकेत गरेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.