संसदीय दलको नेतामा पुनः चयन हुने मुख्यमन्त्री लामाको विश्वास
हेटौंडा। बागमती प्रदेशमा मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेतामा आफू पुनःचयन हुने विश्वास व्यक्त गरेका छन्।
सोमबार हेटौंडामा बसेको कांग्रेस नेता एवम सांसदहरुबीचको छलफलमा उनले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुले पुनः आफूलाई मत दिने विश्वास व्यक्त गरे।
उनले भने, ‘भोट हाल्ने बेला त्यस्तो असहमति हुदैँन। किनभने उहाँहरुलाई थाहा छ उहाँहरुको नेता कस्तो हुनुहुन्छ भनेर। मान्यहरुले आफ्नो विवेक प्रयोग गर्नु हुन्छ भन्ने कुरामा निश्चिन्त छु।’
मुख्यमन्त्रीको दाबेदारका रुपमा देखिएका इन्द्र बहादुर बाँनिया पक्षका २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। साथै चार मन्त्रीले राजीनामा दिएका थिए। त्यसपछि कांग्रेसभित्र रस्साकस्सी चलिरहेको छ।
कांग्रेस केन्द्रीय समितिले प्रतिनिधिका रुपमा पठाएका केन्द्रीय सदस्य राजन केसीले सांसदहरुलाई छलफलमा राखेर सहमति जुटाउने प्रयास गरिरहेपनि त्यो सफल हुन सकेको छैन।
लामाविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बैठकको तयारी गरिएपनि सफल नभएको बुझिएको छ।







डिसी नेपाल








Facebook Comment