जम्मू कश्मीरमा भिडन्तमा तीन आतंककारी मारेको भारतीय सेनाको दाबी

डिसी नेपाल
१३ साउन २०८२ ११:५९

काठमाडौं । भारतीय सेनाले सोमबार जम्मू कश्मीरको श्रीनगरको बाहिरी इलाकामा भएको एक भिडन्तमा तीन आतंककारी मारिएको दाबी गरेको छ।

सेनाले एक विज्ञप्तिमा भनेको छ , “अपरेशन महादेवमा भएको मुठभेडमा तीन आतंककारी मारिएका छन् र अपरेशन अझै जारी छ।”

भारतीय सेनाको यो सैन्य अपरेशन श्रीनगरको बाहिरी इलाका दाचीगामको जंगलमा भइरहेको छ।

भारतीय सेनाले अहिलेसम्म मुठभेडमा मारिएका अतिवादीहरू कुन संगठनसँग सम्बन्धित थिए र उनीहरू कहाँ बस्थे भन्ने बारेमा आधिकारिक रूपमा जानकारी साझा गरेको छैन।

भारतीय सेनाले मारिएका अतिवादीहरूबाट हतियार र गोला बारुद बरामद गरेको स्रोतले बीबीसीलाई बताएको छ।

पहलगाम आक्रमणपछि कश्मीर उपत्यकामा यो तेस्रो ठूलो मुठभेड हो।

यसअघि मे २०२५ मा, अवन्तीपोरा र शोपियानमा दुई छुट्टाछुट्टै मुठभेडमा छ जना आतंककारी मारिएका थिए।

अप्रिल २०२५ मा पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जना सर्वसाधारणको मृत्यु भएको थियो। यस आक्रमणमा २५ पर्यटक र एक स्थानीय व्यक्तिको मृत्यु भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.