दलको नेता चयन हुनु अघि बागमतीका मुख्यमन्त्री लामाले गरे तीन मन्त्री नियुक्त

डिसी नेपाल
१४ साउन २०८२ ११:२१
432
Shares

हेटौडा। संसदीय दलमा पराजित भएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज तीनजना मन्त्री नियुक्त गरेका छन्।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयन हुन लागिरहेको बेला लामाले आज अचानक तीन मन्त्री नियुक्त गरेका हुन्।

जसअनुसार मुख्यमन्त्री लामाले कांग्रेसका प्रदेशसभा सदस्यहरू मध्ये गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुद र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेको जनाइएको छ।

तर, हतार हतार गरेर तीन नयाँ मन्त्री नियुक्त गरे पनि सत्ता साझेदार नेकपा एमालेले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण नगराउन आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.