मन्त्री र प्रधानमन्त्री हुनमात्रै सात बुँदे सहमति भएको होइन : उपप्रधानमन्त्री सिंह

डिसी नेपाल
१५ साउन २०८२ १३:३५

काठमाडाैं। उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेस र एमालेबीच भएको सहमतिका कारण मुलुकमा राजनीतिक स्थायित्वको वातावरण बन्दै गएको दाबी गरेका छन्।

बिहीबार नेपाली कांग्रेस रामेछापले आयोजना गरेको कार्यक्रममा सिंहले दुई दलबीच भएको सात बुँदे सहमतिका कारण ६-६ महिनामा सरकार परिवर्तन हुने अवस्थाको अन्त्य भएको र मुलुकमा राजनीतिक स्थायीत्वको वातावरण बन्दै गएको बताएका हुहन्। उनले आफूहरु सत्तामा जान र मन्त्री वा प्रधानमन्त्री हुनमात्रै सातबुँदे सहमति नभएको दाबी गरे।

‘७ बुँदे सहमतिलाई कम नआँकौं। राजनीतिक स्थिरता ल्याउनका लागि दुई ठूला दल कांग्रेस र एमालेले अरु दललाई पनि समेटेर वर्तमान सरकार बनेको छ,’ उनले भने, ‘ ६-७ महिनामा सरकार परिवर्तन भएको भयै थियो। नागरिकले सरकार त टिक्दैन भने सरकारले अरु के गर्छ? भनेर प्रश्न गरिरहनुभएको थियो। अहिले सरकारले स्थिरता पाएको छ। राजनीतिक स्थिरताकै जगमा नागरिकको जीवन र जीवविका सहज बनाउन सरकारले काम गरिररहेको छ।’

कांग्रेस नेता समेत रहेका सिंहले पार्टीलाई विधिबिधान अनुसार नै संस्थागत गरेर अघि बढाउनुपर्नेमा जोड दिए। उनले कांग्रेसलाई बिभिन्न चुनौती सामना गर्न सक्ने गरि पार्टीको नेतृत्व गर्ने चाहना रहेको बताए। सिंहले आफू पार्टी सभापति र प्रधानमन्त्रीबाहेक सवै पदमा पुगेकाले आफूसँग भएका अनुभव सवैलाई बाड्दै पार्टीलाई बलियो बनाउन लाग्ने जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *