श्रीकृष्णको नखरामा जुना, रविन र सरिताको छमछमी

डिसी नेपाल
१६ साउन २०८२ २१:२२
80
Shares

काठमाडौं । गायक श्रीकृष्ण आले र गायिका शान्तारानी परियारको स्वर रहेको नखरा बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ।

रबिन सिंहको शब्द संगीत, बिमल छिनालको एरेन्ज, मिक्सिगं तथा मास्टरिगं रहेको छ। पछिल्लो पुस्ताकी लोकप्रिय मोडल जुना कार्की, रविन शाह र सरिताको बेजोड अभिनय रहेको छमछम नचाउने शैलीको गीतको रिलिजसँगै चर्चा चुलिएको छ।

जसको कोरियोग्राफी र निर्देशन रविन शाहले गरेका छन्। निर्देशक शाहले नखरामा सुन्दरी मोडलद्धय जुना र सरितालाई बोल्ड लुक्समा देखाएका छन्। जसको चर्चा सांगीतिक बजारमा भइरहेको छ। राजेश घिमिरेको छायांकन रहेको गीतको सम्पादन तथा कलर दीपक विष्टले गरेका हुन्।

भिडियो गायक श्रीकृष्ण आले स्वयमको अफिसियल च्यानलबाट बजारमा आएको हो।





प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.