कमल र सुमनको गीत सपना सार्वजनिक

डिसी नेपाल
१७ साउन २०८२ १३:३४
292
Shares

काठमाडौं । रिभिआई इभेन्टस आइएनसी र छेवाङ प्रोजेक्टको प्रस्तुति गायक कमल खत्री र सुमन गुरुङको आवाजमा रहेको नयाँ नेपाली गीत सपना सार्वजनिक भएको छ।

नेपाली संगीत क्षेत्रमा पृथक पहिचान बनाएका यी दुई लोकप्रिय गायकको स्वरमा रहेको यो गीतको म्युजिक भिडियो अमेरिकाको विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको हो।

भिडियोमा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको दमदार अभिनय देख्न पाइन्छ। साथै नागिन केसी पन्तले पनि उत्तिकै प्रभावशाली अभिनय प्रस्तुत गरेकी छन्, जसले गीतको भावनात्मक पक्षलाई अझ जीवन्त बनाएको छ।

गीतको संगीत दिलिप समनले गरेका हुन् भने भिडियोको निर्देशन सुरज सिंह ठकुरीले गरेका छन्। निर्देशन, अभिनय, र छायांकनको समिश्रणले यो भिडियो दर्शकहरूमाझ विशेष आकर्षण बनेको छ।





प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.