‘जनकपुर फिस हाउसमा माछा खाँदा जनकपुरको याद आयो’

डिसी नेपाल
१७ साउन २०८२ २२:४३
276
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाहले काठमाडौंको नक्साल गैरीधारास्थित मिथिला थाली परिसरमा रहेको जनकपुर फिस हाउसमा पुगेर जनकपुरे माछाको स्वाद लिएका छन्।

प्रमुख शाहले मास्टरसेफ सन्तोष शाह र उनका दाजु दिलीप शाहद्वारा सञ्चालित जनकपुर फिस हाउसमा आज साँझ माछाका परिकारको स्वाद लिएका हुन्।

‘यहाँ तयार पारिएका परिकारले तराईमा माछा खाएको स्मरण गरायो। काठमाडौंमा पनि जनकपुरे माछाको परिकार खान पाउँदा खुसी लागेको छ’, प्रमुख शाहले भने। उनी पत्नी सबिना काफ्लेसँग मिथिला थाली पुगेका थिए।

मास्टर सेफ शाह काठमाडौं महानगरका फूड सेफ्टीका कन्सलट्यान्ट पनि हुन्। उनले काठमाडौंको गैरीधारा, झम्सिखेल र गौशालामा मिथिला थाली रेष्टुरेन्ट तथा गैरीधारामा जनकपुर फिस हाउस सञ्चालन गरेका छन्। साथै उनले जनकपुरमा आवासको सुविधासहित मिथिला थाली सञ्चालन गरिरहेका छन्।

पछिल्लो समय जनकपुरे माछाका विभिन्न परिकारका लागि मानिसहरू गैरीधारास्थित जनकपुर फिस हाउसमा पुग्ने गरेका छन्। जनकपुरमा पाइने माछाका परिकार काठमाडौंबासीलाई चखाउने उद्देश्यले शाहद्वयले जनकपुर फिस हाउस सञ्चालनमा ल्याएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.