राहात प्याकेज बिना सुख्खाग्रस्त क्षेत्रले थप पीडित बनायो: प्रभु साह

डिसी नेपाल
१८ साउन २०८२ १४:२३
32
Shares

कलैया। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने तर राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन भएको टिप्पणी गरेका छन्।

बाराको कलैयास्थित उधोग बाणिज्य संघको सभाहलमा आजपाद्धारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले राहत प्याकेज बिना सुख्खाक्षेत्र घोषणाले पीडितलाई झन पीडित बनाएको बताए।

मधेसमा जलसंकट देखिएपछि सरकारले मधेसका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। तर सरकारले अहिलेसम्म राहतको कुनै प्याकेज ल्याउन सकेको छैन।

‘मधेसमा जलसंकटले सर्वसधारणदेखी किसानसम्म मर्कामा परेका छन्, समस्यामा छन्। सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नु त ठिकै हो। तर के सरकारको काम केवल संकटग्रस्त घोषणामात्रै हो? के सरकारले पीडामा रहेका ति मान्छेका लागि कुनै राहतको प्याकेज ल्याउनु हुँदैन? राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन हो,’ आजपा अध्यक्ष साहले भने।

तराई मधेसमा पानीको हाहाकार छ। जलसंकट भएर किसानदेखि सर्वसधारणसम्मका व्यक्तिहरु पीडामा रहेको बताउँदै सरकारको जिम्मेवारी संकटग्रस्त क्षेत्र घोषणा गर्नु मात्रै नभएको बताए।

साहले पीडितलाई तत्काल राहत प्याकेज सहित दीर्घकालिन रुपमा पानीको समस्या समाधानमा सरकार लाग्नुपर्ने ध्यानाकर्षण गराएका छन्।

मधेसमा जलसंकट देखिएपछि हेलिकप्टरमा सयर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच सय डिपबोरिङ गाड्ने घोषणा गरेको तर हालसम्म एउटा पनि डिपबोरिङ नगाडिएको भन्दै उनको घोषणा हावादारी गफ मात्रै भएको टिप्पणी गरे।

‘प्रधानमन्त्रीजी हेलिकप्टरमा सैयर गर्दै आउनुभयो र पाँच सय डिप बोरिङ गाड्ने भन्नु भयो। म सोध्न चाहन्छु त्यो पाँच सय डिप बोरिङ कहाँ छ ? कहिले गाड्ने हो ? यस्तो हावादारी गफ गरेर जनताको भावनासंग खेलवाड गर्न पाइन्छ ?,’ आजपा अध्यक्ष साहले प्रश्न गरे।

प्रधानमन्त्री ओलीले मधेसका जिल्लामा पाँच सय डिपबोरिङ गाडने आश्वासन दिएपनि तीन हप्ताभन्दा बढी समय बित्दा समेत सर्वसधारणले डिपबोरिङ पाउन सकेका छैनन्।

‘प्रधानमन्त्रीजी तपाईको सुख्खाक्षेत्र घोषाण के भयो? तपाईंले मधेसमा पाँच सय डिपबोरिङ गाड्छु भन्नुभएको थियो। तर आज ती हप्ता हुँदा समेत त्यो डिपबोरिङ कहाँ-कहाँ गाडनुभयो? डिपबोरिङ बारेमा तपाईकै सरकारी निकायलाई थाहा छैन। न सिचाइलाई थाहा छ, न त खानेपानी मन्त्रालयलाई थाहा छ,’ साहले भनिन्, ‘न योजना छ, न बजेट छुट्याउनुभएको छ। मधेसी जनतासँग यस्तो भद्धा मजाक किन? तपाईं त विदेशबाट महँगो मिनिरल वाटर मगाएर खानुहुन्छ। तर मधेसका जनताले साधारण पानी नपाएर तड्पाउने काम किन गर्नुहुन्छ?’

आश्वासन नभई पीडित जनतालाई राहत प्याकज दिन उनले माग गरेका छन्। अहिले मधेसमा खानेपानी नपाएर जनता मारमा परेका छन्। चापाकल सुकेको छ, इनार सुकेको छ तर पनि सरकारले यस्तो गम्भिर बिषयमा ध्यान नदिइ जनताको भावनासँग खेलवाड गरिरहेको उनले बताए।

सरकारले मधेश प्रदेशमा जलसंकट देखिएपछि मधेशका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। खानेपानीदेखि खेतीकिसानीका लागि आवश्यक पानीको हाहाकार भएपछि विपद् संकटग्रस्त घोषणा भएको मधेशका गाउँमा भने कुनै राहत पुगेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *