संसद बहिस्कार गरेर गरिमा र महत्व घटाएको कांग्रेसको आरोप
काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपा र राप्रपालेले ७० दिनदेखि संसद बहिस्कार गरेर संसदको गरिमा र महत्व नराखेको बताएका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राप्रपा र रास्वपाले ७० दिनदेखि संसदमा र आफ्नो कुरा राख्ने संसद बहिस्कार गर्दै भिजिट भिसाको विषयमा झूटो प्रचार गरेर जनतालाई भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने अभ्यास चलेको बताए।
उनले भने, ‘झण्डै ७० दिनदेखि संसदमा राप्रपा र रास्वपा दुईवटा पार्टीले संसद अवरुद्ध गर्दै आएको छ। संसदमा आफ्नो कुरा राख्ने र संसद बहिस्कार गर्ने काम गरेको छ। यो अभ्यास कति दिनसम्म यो चल्ने हो ? यहाँ संसदमा उभिएर सँधै गालीगलौंज गर्ने, भिजिट भिसाको नाममा मानव तस्करी गरियो भन्ने ? भिजिट भिसा भनेको मानव तस्करी हो ? भिजिट भिसामा बाहिर कतैपनि नजाने कुन सांसद यहाँ कोछ झूटो कुरा प्रचार गरेर जनतालाई भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने जुन अभ्यास चलेको छ यो बन्द हुनुपर्छ। यो प्रथालाई अब बन्द गरिएन भने संसदको गरिमा र महत्व पनि रहँदैन।’







डिसी नेपाल







Facebook Comment