दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न उच्च अदालतकाे आदेश

डिसी नेपाल
१९ साउन २०८२ १९:१४

काठमाडाैं। उच्च अदालत पाटनले मेडिकल व्यवसयी दुर्गा प्रसाईंलाई बैंकिङ कसुर मुद्दामा २८ लाख धरौटीमा छाड्न आदेश दिएको छ।

सोमबार न्यायाधीशद्वय सुदर्शन देव भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको वाणिज्य इजलासले धरौटीमा छाड्न आदेश दिएको हो।

प्रसाईंविरुद्ध बैंकिङ कसूरको मुद्दामा तारेखमै राखेर अनुसन्धान गर्न आदेश भएको हो।

तीनकुने घटनामा प्रसाईँसँग उच्च अदालतले ३ लाख मात्रै धरौटी माग गरेको छ। तर, बैंकिङ कसुरसम्बन्धी मुद्दामा भने २५ लाख रुपैयाँ धरौटी माग गरेको छ। बैंकिङ कसुरमा उनीविरूद्ध १८ करोड ४४ लाख रूपैयाँ बिगो थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *