कुलिङ पिरियडमा भएको छेडखानीमा मेरो कुनै दोष छैनः रामहरी खतिवडा

डिसी नेपाल
२० साउन २०८२ १६:४४
80
Shares

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ अफ् पिरियडमा भएको छेडखानीमा आफ्नो कुनै दोष नरहेको बताएका छन्।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गदै खतिवडाले संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनमा समेत आफ्नो दोष रहेको कतिकतै उल्लेख नरहेको जिकिर गरे

नैतिकताका आधारमा राजीनामा दिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा खतिवडाले दोष देखिए कारबाही भोग्छु भनेर सुरुदेखि नै भनिएरहेको बताए।

कुलिङ पिरियड रहनुपर्छ भन्नेमा आफू निरन्तर रहेको भन्दै उनले राष्ट्रियसभाले सच्याएर ल्याओस् भन्ने पक्षमा रहेको धारणा राखे।

उनले आफूले कुलिङ पिरियडसहितको व्यवस्थासहितको प्रतिवेदनमा हस्ताक्षर गरेर पठाएको उल्लेख गर्दै कहाँ गल्ति भयो भनेर आफ्नौ अनुरोधमा छानबिन भएको तर्क गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.