बलिउड अभिनेत्री मृणाल ठाकुरसँगको डेटमा डिभोर्सी धनुष

डिसी नेपाल
२१ साउन २०८२ ११:०८
840
Shares

मुम्बई। हिन्दी चलचित्र उद्याेगमा नयाँ जोडीको अहिले निकै नै चर्चा भइरहेको छ। पछिल्लो दुई दिनयता साउथ सुपरस्टार तथा सम्बन्धविच्छेद भएका अभिनेता धनुषको सम्बन्ध र अफेयरले सबैलाई चकित बनाएको छ। मिडिया रिपोर्टका अनुसार अभिनेत्री मृणाल ठाकुरसँग धनुषको निकटता बढ्दै गएको छ।

हालै दुवै ‘सन अफ सरदार २’ को प्रिमियरमा देखिएका थिए। र, त्यसपछि धनुषको आगामी हिन्दी फिल्म ‘तेरे इश्क मे’ को र्‍याप अप पार्टीमा पनि यी दुवै देखिएका थिए । यी सबै देखेर उनीहरुको अफेयरको चर्चा बढेको हो। अब यी दुबैको प्रेमकथाको बारेमा एउटा अपडेट बाहिर आएको छ ।

न्यूज १८ का अनुसार मृणाल ठाकुरको साउथमा ब्याक टु ब्याक प्रोजेक्ट र व्यस्त कार्यक्रमका कारण उनी धनुषको नजिक आएकी हुन्। स्रोतले भन्यो, ‘हो, यो सत्य हो कि दुबै एकअर्कालाई डेट गरिरहेका छन्। यो अझै प्रारम्भिक चरणमा छ र जोडीलाई मिडिया र सार्वजनिक रूपमा खुलासा गर्न चाहँदैनन्। दुवैको त्यस्तो कुनै योजना छैन।’

धनुष र मृणाल सँगै बस्ने कुरामा चिन्तित नभएको पनि स्रोतको दाबी छ। दुबैको मनपर्ने र मन नपराउने कुरा पनि उस्तै छ । जसका कारण दुवै एकअर्काको नजिक आएका छन्। वास्तवमा ‘सीता रामम’ को सफलतापछि मृणालका लागि साउथ फिल्म उद्योगको ढोका खुल्यो। उनी दक्षिणदेखि बलिउडसम्म निरन्तर काम गरिरहेकी छिन्। दुबैको उमेरमा ९ वर्षको अन्तर छ।

‘सन अफ सरदार २’ फेम मृणाल ठाकुर अहिले आदिवी शेषको फिल्म ‘डकैत ए लभ स्टोरी’को छायांकनमा व्यस्त छिन्। यस अवधिमा उनी मुम्बईबाट हैदरावादको यात्रा गरिरहेकी छिन्। एक दिन साउथमा काम गर्दागर्दै मृणालले धनुषलाई एउटा कार्यक्रममा भेटिन्। यहीँबाट दुवैको मित्रता भयो र त्यसपछि प्रेम भयो।

यस रिपोर्टमा स्रोतलाई उद्धृत गर्दै जुनमा काजोलको फिल्म माँको स्क्रिनिङमा यी दुईको बन्डिङले सबैको ध्यान तानेको पनि दाबी गरिएको छ। तर, यस विषयमा धनुष र मृणालले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन्।

केही समय अघि लभ सोनिया र सुपर ३० अभिनेत्री र्‍यापर बादशाहसँग डेट गरिरहेको हल्ला चलेको थियो । यद्यपि, उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा यी रिपोर्टहरूलाई अस्वीकार गरेकी थिइन्। बादशाहसँग आफ्नो कुनै सम्बन्ध नरहेको प्रष्ट पारेका थिए।

धनुषको विवाह ऐश्वर्या रजनीकान्तसँग भएको थियो । तिनीहरूको सम्बन्ध १८ वर्षसम्म चल्यो। तर २०२२ मा दुबैले अलग भएको घोषणा गरे र २०२४ मा रजनीकान्तकी छोरी र धनुषको सम्बन्धविच्छेद भएको हो ।  यो जोडीको भेट सन् २००३ मा आएको फिल्म ‘कढल कोण्डैं’ को सेटमा भएको थियो । उनका दुई छोरा छन्– यात्रा र लिङ्गा।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.