दुई/तीन वर्षभित्रै भृकुटिमण्डपमा अत्याधुनीक प्रदर्शनी स्थल बन्छ : अर्थमन्त्री पौडेल

डिसी नेपाल
२१ साउन २०८२ १३:१३
12
Shares

काठमााडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी दुईदेखि तीन वर्षभित्र भृकुटिमण्डपमा अत्याधुनिक प्रदर्शनी स्थल बन्ने बताएका छन्।

बुधबार नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा)को आयोजनामा बुधबारदेखि काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को उद्घाटन समारोहमा बोल्दै पौडेलले यस्तो बताएका हुन्।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भने, ‘भृकुटिमण्डप परिसरमा अहिले जे जस्ता संरचना छन् ति संरचना भत्काइने छन् र यहाँ अत्याधुनिक, व्यवस्थित, आर्कषक प्रकारको प्रदर्शनी स्थल बन्ने छ। त्यसका लागि हामीले डिजाइनको लागि विश्व बजारबाट समेत कन्सल्टेन्सी सर्भिस लिन सक्छौं। कस्ट्रक्सनका लागि हामीले अन्तराष्ट्रिय निमार्ण व्यवसायीलाई आमन्त्रण गर्न सक्छौं। त्यो तहमा सरकारले सोचिरहेको छ।’

‘यो बजेटमा बोलिएको मात्र हैन कार्यान्वय हुने विषय पनि हो। म एक वर्ष त भन्न सक्दिन दुई वर्षमा पनि नभ्याइन सक्छ। तर, ढिलोमा पनि सके दुई वर्षभित्र नभए पनि तीन वर्षभित्र यो भृकुटिमण्डपमा आधुनिक र अत्याधुनिक अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण भैसक्नेछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *