सप्तरी घटनाः निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन

डिसी नेपाल
२१ साउन २०८२ १४:३४
72
Shares

रौतहट। सप्तरीको कमलपुरमा गएराती भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै राजविराजमा प्रदर्शन भइरहेको छ।

राजगढ गाउँपालिका-२ कमलपुरमा मंगलबार राति मदिरा तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबिच झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो।

घटनाको निष्पक्ष छानबिनको माग गर्दै केही बेर अघिदेखि मृतकका आफन्तहरू सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। राजविराजमा भएको प्रदर्शनलाई मध्यनजर गर्दै ठाँउ ठाँउमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।

मंगलबार मध्यराति तस्करी भइरहेको सूचनाका आधारमा खटिएका प्रहरीमाथि केही स्थानीयले ढुंगामुढा गर्न थालेपछि झडप भएको थियो।ढुङ्गामुढाबाट दुई प्रहरी पनि घाइते भएका छन्। यस घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.