केदार र वर्षाको प्रतिक्रिया : ‘माग्ने राजा’ले देशको वास्तविकता बोलेको छ
काठमाडौं । यही भाद्र ६ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘माग्ने राजा’को मुख्य भूमिकामा रहेका कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले देशको वर्तमान अवस्थालाई उजागर गर्ने प्रयत्न स्वरुप फिल्म बनेको दाबी गरेका छन्।
घिमिरेको पहिलो मूख्य भूमिका भएकाले पनि सिनेमा कस्तो होला भन्ने कौतुहलता रहेकैबेला नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले फिल्मले गहन सन्देश बोकेको दाबी गरेका हुन्।
विहीबार फिल्मको ट्रेलर सार्वजनिकपछि बोल्दै उनले फिल्ममा गाउँले र सहरीया जीवन दुबै भूमिका आफू बाँधिएको बताउँदै अहिले टोल टोलमा देखिने राजाको बारेमा फिल्मले बोलेको प्रतिक्रिया दिए।
उनले भने, ‘फिल्लमा दुई प्रकारको मेरो भूमिका छ। एउटा गाउँले जीवन र अर्को सहरीया जीवनको कथा छ। फिल्ममा पैसा कमाएपछिको अवस्था र देशको परिस्थितिको बारेमा देखाइएको छ। फिल्मले गहन सन्देश दिन्छ। त्यो अवश्य जनताहरुले पनि बुझ्नुहुनेछ र देशमा भएको परिस्थिति थाहा पाउनुहुनेछ। टोल टोलमा रहेका राजा र अहिलेको भोगाई फिल्मले बोकेको छ।’
फिल्ममा मुख्य पात्रको रुपमा रहेकी वर्षा सिवाकोटीले मान्छेसँग शक्ति भएपछि के के गर्न सकिन्छ भनेर देखाउन राजनीति शक्ति प्रयोग भइरहेको विषय र सम्बन्धित कथाबस्तु फिल्ममा रहेको बताइन्।
उनले भनिन्, ‘फिल्ममा अलिकति राजनीतिक कुराहरु पनि आएको छ। आफू सम्पन्न भएको पात्रले देशको लागि के–के गर्न सक्छ, शक्ति भएपछि के–के गर्न सकिन्छ भनेर देखाउँदा उ राजनीतिमा पनि छिरेको देखिन्छ।’
यस्तै, उनले फिल्ममा एउटा भुइँमान्छे देखेको ठूलो सपना पूरा भएपछि उसले कस्तो जीवन जिउँछ, सपनालाई कसरी सम्हाल्छ भन्ने कुरा कुरा देखाइएको बताइन्। उनले आफूले उक्त पात्रका विषयमा सहायक भूमिका निर्वाह गरेको बताइन।
उनले भनिन्, ‘यो फिल्ममा केदार दाइको सपनाको संसार छ। जुन सम्भव हुदैँ गइरहेको अवस्थामा उहाँलाई साथ दिने खालको मेरो भूमिका छ। फिल्ममा भुइँ मान्छेको कथा छ। जसले एउटा ठूलो सपना देखेको हुन्छ र त्यो सपना पूरा भएपछि उसले कस्तो जीवन जिउँछ, सपनालाई कसरी सम्हाल्छ भन्ने कुरा देखाइएको छ।’
ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको ‘माग्ने राजा’को तीन मिनेट ४० सेकेन्ड लामो ट्रेलर विहीबार सार्वजनिक समारोहमा केदार र बर्षाले आफ्नो अनुभव सुनाएका हुन्। फिल्ममा मुख्य कलाकारमा केदारसहित वर्षा, विल्सनविक्रम राई, शिशिर वाङ्देल, शारदा गिरीलगायत छन्।







डिसी नेपाल








Facebook Comment