लघुकथा : शान्ति
रामेश्वर छट्पटाउँदै बर्बराए, `पेट पोलेर हुट्हुटी चल्यो? टाउको दुख्यो। मन अशान्त भयो। बेचैनी बड्यो। के गरौँ?´
हरिलालले सोधे, `रामेश्वर, तिमीलाई के भयो? डाक्टर देखाएनौ?´
ऊ फेरि एकोहोरो भन्न थाल्यो, ` कुन डाक्टरको मा गइन् र? आयुर्वेदिक औषधि पनि गरे तर पनि खै किन हो निको हुँने छाँटै छैन? म त साह्रै असन्तोषी, केही गरे नि चित्त नबुझ्ने भएँ। कसैले सानो कुरो केही भन्यो कि त्यसैलाई मनमा लिई रहने बानी भयो? सोच्दा सोच्दै भोक निद्रा आफैं हराउँछ अनि व्यथाले सताउँछ।´
हरिरामले सम्झाउँदै भने, `तिम्रो यस्तो बानी त निको भएन है।´
ऊ करायो , `के सोचेर भन्यौ? मजाक त गरेका होइनौ नि? कि मलाई हेपेका?´
ऊ रन्थनिएको देखेर फकाउँदै भने, `आज मैले भनेको एक ठाउँमा जाऊ , हिँड।”
उसले निहुँ खोज्दै भन्यो, `जान्न। तिमी मात्र जाऊ। मलाई एक्लै छाडिदेऊ।´
हरिरामले लोभ देखाएर भने, `एउटा कार्यक्रम छ। त्यो हेरेपछि तिम्रो रोग निको हुन्छ। मसँग हिँड।´
त्यहाँ पुगेपछि रामेश्वरले भन्यो, `आहा! कस्तो राम्रो कार्यक्रम रहेछ? जीवन जिउन त मैले सोचेजस्तो साह्रै गाह्रो रहेनछ।´
हरिरामले भन्यो, `हो नि! परिवर्तन भन्ने कुरा हामी आफैबाट सुरु गर्नु पर्छ।´
रामेश्वरको अनुहार उज्यालो भयो। उसले भन्यो, `बल्ल आज मन शान्त भयो। धन्य हो, ओम शान्ति!”
















Facebook Comment