एकीकृत समाजवादी निर्णायक शक्ति हो, सानो पार्टी होइन : अध्यक्ष नेपाल

डिसी नेपाल
२३ साउन २०८२ १४:४६
60
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी सानो नभइ शक्तिशाली पार्टी भएको दाबी गरेका छन्।

शुक्रबार नेकपा (एकीकृत समाजवादी) उद्योग व्यवसायी जिल्ला कमिटी काठमाडौंको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले सात प्रदेशमध्ये तीन प्रदेशमा मूख्यमन्त्री बनाउन सफल रहेको भन्दै आफ्नो पार्टी सानो नभएको बताएका हुन्।

उनले भने, ‘पार्टी सानो छ भन्ने के शब्दको प्रयोग गरेको होला भन्ने लाग्छ। यदी हामी सानो हौं भने एउटा मात्र सांसद, प्रदेश सदस्य, एक मात्र पालिकाको मेयर, वडा अध्यक्ष मात्रै जितेको पार्टी कस्तो हो त। त्यो चाहीं महासानो भन्ने हो र। तीन वटा प्रदेशको मूख्यमन्त्री हामीले नै बनायौं। बाग्मतीमा मूख्यमन्त्री बनायौ, कोशीमा राजेन्द्र राईलाई मूख्यमन्त्री बनायौं। सुदुरपश्चिममा मूख्यमन्त्री बनायौ। हैसियत र शक्ति भएर नै हामीले निर्णायक भूमिका निर्वाह गर्यौं। मुख्यमन्त्री वा मन्त्रीहरु बनायौं। हैसियत र शक्ति नभएको भए त्यो नहुन सक्थ्यो।’

उनले पार्टी सिद्धियो भन्ने हल्लाको पछि नलाग्न समेत आफ्ना कार्यकर्तालाई आग्रह गरे।

‘बाहिर बजारमा कसैले केही प्रचार गरेपनि कागले कान लग्यो भनेर कागको पछि कुद्ने होइन। सबैभन्दा पहिले आफ्नो कान छाम्ने हो। पार्टी सिद्धियो भनेर भने पनि पार्टीका यत्रा गतिविधिहरुले बताइरहेको छ। दुनियाँले पत्याइरहेको छ,’ उनले भने।

यस्तै, एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले देखावटी नगरी पार्टीलाई सुदृढ गर्नुपर्ने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.