चार वर्णको कर्म फरक छ, त्यसैले सबैले जनै लगाउनु पर्दैन

प्राडा रामचन्द्र गौतम
२४ साउन २०८२ ७:२९

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन जनै पूर्णिमा (ऋषि तर्पणी) रक्षा बन्धन र क्वाँटी खाँदै एकैसाथ तीन पर्व मनाइन्छ । तीनै पर्वको फरक विशेषता रहेतापनि फरक फरक तरिकाले पर्व मनाउने गरिन्छ। जनै लगाउने, डोरो बाँध्ने, र उसै दिन स्वास्थ्यलाई रक्षा गर्ने हिसाबले बुढापाकाहरुले क्वाँटी सेवन गर्ने चलन ल्याएका हुन्।

सृष्टिकर्ताले ब्राम्हण, क्षेत्री, वैश्य, शूद्रगरि चार वर्ण सृष्टि गरेका छन्। ब्राम्हण, क्षेत्री, वैश्य तीन वर्णले जनै लगाउने गरेका छन्। त्यसलाई तागाधारी भन्ने गरिएको छ। अरु भनेको शूद्र जाति छन्। जसले जनै लगाउँदैनन् । विशेषगरि जनै पूर्णिमा भनेको जनै लगाउनेको लागि होे।

वर्ष दिनसम्म लगाउनपर्ने वेदपाठ र गर्नपर्ने धेरै कर्महरु छन्। ब्राम्हणले के कर्म गर्ने, क्षेत्रीले के कर्म गर्ने बैष्णवले के कर्म गर्ने भन्ने तोकिदिएको छ। हरेक तागाधारीहरुका लागि कर्महरु तोकिएको छ।

ती कर्महरुमा केही कमी कमजोरी भएहोला, केही नपुग भए होलान, जनै लगाउनेले जनै नलगाए, जान अन्जानमा त्रुटिहरु भए ती सबै प्रायश्चित्तको लागि जनै पूर्णिमा मनाउने चलन छ । विशेषगरि ब्राम्हण, क्षेत्री र वैश्य तीन जातिले मनाउने हो।

सृष्टिकर्ताले चार वर्णको सृष्टि गरेपनि कोही सानो र कोही ठूलो भनेर सृृष्टि गरेको भने पक्कै होइन। तर कतिपय शूद्र जातिले ब्रमाण्डलाई मुखबाट सृष्टि गरे, हातबाट क्षेत्रीलाई सृष्टि गरे, तिघ्राबाट वैश्यलाई सृष्टि गरे, पाउबाट शूद्रलाई सुष्टिगरे भन्ने गरेका छन्।

यी सबै जातिको सुष्टि गरे अनुसारको कर्म पनि तोकिदिएको पाइन्छ। जस्तै : बाहुनले कर्म गर्नु, कर्म गराउनु, दान गर्नु, दान गराउनु, पढ्नु–पढाउनु, दान लिनु, दान दिनु, यज्ञ गर्नु, यज्ञ गराउनु, क्षेत्रीले कर्म लोकको रक्षा गर्नु, राज्य चलाउनु, सारा सबैलाई सुख-शान्ति दिनु, राष्ट्रको कल्याण गर्नु, राष्ट्र जोगाउनु सारा काम क्षेत्रीको हो भनिएको छ। वैश्यको काम खेतीपाती गर्नु अर्थात कृषि कर्म गर्नु, पशुपालन गर्नु आदी हुन्।

शूद्रको कर्म भनेको नाचगान गर्नु रहेको देखिन्छ। यि चार वर्णको कर्म भने फरक फरक गरि तोकिदिएको छ। नयाँ जनै लगाउँदा ऋषिहरुको पुजा गर्ने र लगाउने हो। ऋषिहरुले शास्त्र लेखेर छाडेका छन्। उनीहरुले हामीहरुको जिम्मामा ठूला ठूला ग्रन्थहरु छाडेका छन्।

सबैकुरा लेखिदिएका छन्। त्यसैले जनैमा ब्रम्हा, विष्णु, महेश्वरको पूजा गरिएको हुन्छ, ऋषिहरुलाई तपर्ण गरिएको हुन्छ। यि सबै काम गर्न पद्धति हुन्छ र त्यो पद्धति अनुसार जनै पवित्र हुन्छ भनिन्छ।

साधारणतय के गर्छ जनैले र किन लगाउने भन्ने प्रश्न छ। जनै भन्ने कुरा ज्यादै पवित्र हुन्छ। जनै पूर्णिमामा जनैमन्त्र पढेपछि पवित्र हुन्छ। जनैले आयू बृद्धि गर्छ। आयूलाई खण्डित गर्दैन। तेज प्रदान गर्छ, शक्ति प्रदान गर्छ र उर्जा प्रदान गर्छ।

त्यसो भएकाले पनि तागाधारीले जनै लगाउनैपर्छ र लगाउ भन्ने शास्त्रीय मान्यता छ। त्यस अनुसार लगाउने चलन पनि छ। जनै नलगाउनेहरुको पनि अलग्गै धर्म र विधि छ। नाच, गान, बाद्यवादन लगायतका कामहरु छन्। उनीहरुको आफ्नै मूल्य, मान्यता र महत्व छ।

किन मनाउने रक्षा बन्धन ?

शास्त्रले आफ्नो कर्म तोकिदिएको छ। तोकिदिए अनुसार रक्षा बन्धनले रक्षा गर्नेगर्छ । जनै पूर्णिमाको दिन बाँधेको रक्षा बन्धनले शरीरको रक्षा गर्छ। त्यो सबै जातजातिले बाँध्नुपर्छ। जनै लगाउने कुरा शूद्र बाहेक सबैले लगाउने गर्छन् तर रक्षा बन्धन चाहीं नेवार, मगर जस्ता अन्य जातिले पनि मनाउँछन।

रक्षा हुन्छ भनेर रक्षा बन्धन बाधेको हो। रक्षा बाँध्ने ठाँउ अनुसार चलन फरक छ। दिदिबहिनीले दाजुभाईलाई राखी बाँध्ने चलन भनेको मधेश तिरको मान्यता हो। पहाडतिर भने खासै यस्तो चलन देखिन्न। तर पनि राखी बाँध्ने चलन राम्रै चलन हो।

मानिसको रक्षाको लागि र कतै चोट पटक नलागोस भन्ने हिसाबले पहाडतिर पुरोहीतले बान्ने चलन छ । रक्षाबन्धन सबै जातिले बान्नु र मान्नुपर्ने हो। सृष्टि र शास्त्र बनेदेखि नै रक्षा बन्धन बान्ने चलन सुरु भएको हो। जनै लगाउने पनि त्यही बेलादेखि सुरु भएको हो। जहिलेदेखि चार वर्णको निर्माण भयो, त्यो बेलादेखि सुरु भएको हो।

क्वाँटी खानुको फाइदा

हाम्रो देश कृषिप्रधान देश हो। पशु पाल्नुपर्ने, खेती गर्नुपर्ने, रोपाइँ गर्नुपर्ने त्यसमा भिज्नेरुज्ने हुन्छ। क्वाँटी भनेको गेडागुडी हो। त्यसमा तागत हुन्छ, त्यसले बिरामी हुनबाट बचाउँछ भनेर स्वाथ्यका लागि क्वाँटी खाने गरिन्छ। कसैले नखाने तर मासु खानु भन्दा क्वाँटी, गेडागुडी खानु स्वास्थ्यको लागि असाध्यै राम्रो पनि हो।

रुझेको, भिजेको समयमा वर्षमा जनै पूर्णिमापछि वर्षा सकिदैपनि जान्छ। त्यो बेलामा शरीरमा रोगव्याधी भयो भने पनि क्वाँटीले हटाउँछ भन्ने हो। जे होस स्वास्थ्य लाभको लागि क्वाँटी खाने चलन आएको हो। क्वाँटीमा भएको मास, मुगी, बोडिलगायतका गेडागुडी मिसाएर खाए राम्रो हो। गेडागुडी यति नै चाहिन्छ भन्ने होइन। यो शास्त्रको कुरा पनि होइन्। रक्षा बन्धन बाँध्ने र जनै लगाउने जनै पूर्णिमा एकैदिन शास्त्रले तोकेको छ। क्वाँटी खाने पनि यसैबेला पर्छ।

शास्त्रले तोके अनुसार मनाउँदै आएको पर्व पनि हो। क्वाँटी खाने चलन चाहीं परम्परा चलिआयो तर जनै पूर्णिमाकै दिन खाने भन्ने होइन। किनभने त्यो दिन जनै लगाउने, काम नगर्ने, डोरो बाँध्ने, चाडपर्व मनाउनुपर्ने भएकाले त्यसदिन के खाने भन्दा क्वाँटी खाने भन्ने चलन आएको हो। स्वास्थ्यलाई रक्षा गर्छ भनेर बुढापाकाहरुले क्वाँटीको चलन ल्याएको र चल्तीमा आएको हो। यो कुनै शास्त्रको कुरा भने होइन ।

(धर्मशास्त्रविद् एवम नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमसँग  गरिएकाे कुराकानीमा आधारित)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *