कैलाली कारागारमा झडप, एक कैदीको मृत्यु

डिसी नेपाल
२४ साउन २०८२ १०:१४
52
Shares

धानगढी । कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ।

बिहीबार रातिदेखि नै कारागारमा कैदीबन्दीबिच कुटाकुट भएको छ। कुटपिट हुँदा घाइते भएका एक जनाको मृत्यु भएको बताएको छ। मृतकको विवरण भने अहिले सार्वजनिक गरिएको छैन। कुटपिट हुँदा ४६ जना घाइते भएको जनाइएको छ।

झडपका क्रममा घाइते भएका ४६ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे छानबिन भइरहेको छ। कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.