क्रिकेटर ललित राजवंशीलाई मातृशोक
काठमाडौं । क्रिकेटर ललितनारायण राजवंशीलाई मातृशोक परेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितकी आमा शुभकुमारी राजवंशीको विराटनगर-१४ जतुवास्थित आफ्नै घरमा निधन भएको हो ।
६० वर्षीया राजवंशी फोक्सोको समस्यासँग जुधिरहेकी थिइन् । उनको स्थानीय घाटमा अन्तिम संस्कार गरिने भएको छ । ललित परिवारका कान्छा छोरा हुन् । उनका २ दाजु र एक बहिनी छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment