कर्णाली विकासका लागि कांग्रेसलाई मतदान गर्न भुसालको आग्रह

डिसी नेपाल
१४ फागुन २०८२ १५:४८
4
Shares

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले कर्णालीलाई पर्यटन हव बनाउन नेपाली कांग्रेसका उम्मेदवारलाई आगामी निर्वाचनमा मतदान गर्न आग्रह गरेकी छन्।

नेपाली कांग्रेसले सुर्खेतमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै उम्मेदवारको इमान्दारिता, योजना र व्यक्तित्व हेरेर मतदान गर्न आग्रह गरेकी हुन्।

नेपाली कांग्रेस कर्णालीको विकास र समृद्धिको योजनासहित अगाडि बढीरहेको भन्दै विधिको शासन स्थापित गर्न र लोकतन्त्रको रक्षाको लागि कांग्रेसले आगामी चुनाव जित्नु पर्ने उनले बताइन्। ‘बदलिएको कांग्रेसले मुलुक बदल्ने संकल्पसहित अगाडि आएको छ,’ उनले भनिन्, ‘कांग्रेसको विजयले मात्र मुलुकमा समुन्नति हाँसिल गर्न सकिन्छ।’

कर्णालीको सबै निर्वाचन क्षेत्रमा कांग्रेसले नयाँ अनुहार उम्मेद्वार बनाएको भन्दै कर्णालीको बिकासका लागि कांग्रेसका उम्मेदवारलाई जिताउनु पर्ने उनको भनाइ छ।

कांग्रेसले आगामी निर्वाचनमा बहुमतको सरकार बनाउने र उक्त सरकारले प्रतिज्ञापत्रमा उल्लेख गरेका सबै योजनाहरु कार्यान्वयन गर्ने उनले दावी गरिन्।

नेपाली कांग्रेसले आज सुर्खेतमा शक्ति प्रदर्शन गरेको छ। कर्णालीका विभिन्न जिल्लाबाट हजारौको संख्यामा आमसभामा सहभागी भएका छन्। सभामा नेपाली कांग्रेसका विभिन्न जिल्लाका उम्मेदवारहरुले सम्बोधन गरिरहेका छन्।

आमसभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका सभापति गगनकुमार थापा केहिबेरमा सर्लाहीबाट सुर्खेत आएर सम्बोधन गर्नेछन्। प्रतिज्ञा पत्र सार्वजनिक पछि कांग्रेसको यो दोस्रो प्रदेशस्तरीय आमसभा हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *