लैंगिक संवेदनशीलताका विषयलाई कांग्रेसले प्राथमिकतामा राखेको छ : देउवा

डिसी नेपाल
२५ साउन २०८२ १६:२९
16
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैंगिक संवेदनशीलताका विषयलाई कांग्रेसले सदैव प्राथमिकतामा राखेको बताएका छन्।

कांग्रेसले आइतबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको लैंगिक संवेदनशीलतासम्बन्धी कार्यशाला गोष्ठीमा सभापति देउवाले लैंगिक संवेदनशीलता सामाजिक रूपान्तरणको महत्वपूर्ण विषय भएकाले यसलाई पार्टीले समेत प्राथमिकतामा राखेको बताएका हुन्।

लैंगिक संवेदनशीलतासँग सम्बन्धित विचार र सुझावलाई सहकार्य र समन्वयमार्फत कार्यान्वयनमा लैजान पार्टीले आवश्यक पहल गर्ने उनले प्रतिवद्धता जनाए।

उनले मुलुकको परिवर्तनपछि बनेको संविधानमा समेत महिलाहरुको समान अधिकारलाई बिशेष व्यवस्था गरेकै कारण मुलुकको उच्च तहमा महिला प्रतिनिधित्व सुनिश्चित भएको जिकिर गरे।

कार्यक्रममा कांग्रेसका अन्य नेताहरूले लैंगिक समानता महिलाको मात्रै नभइ समग्र सामाजिक रुपमा पछाडि पारिएका समुदायको मुद्दा रहेकाले लैंगिक समानतालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.