क्रिकेट खेलाडी जसको फोटो पैसाको नोटमा छापियो
काठमाडौं । देशका लागि ठूलो गोगदार गरेका व्यक्ति वा राजतन्त्र भएका देशमा शासकको फोटो पैसाको नोटमा छापिन्छ । यसरी फोटो छापिने सीमित व्यक्तिहरूमध्ये १ जना क्रिकेट खेलाडी पनि छन् ।
अहिलेसम्म विश्वको कुनै पनि देशको मुद्रामा केवल एक जना क्रिकेटरको तस्वीर छापिएको छ। उनी बार्बाडोसमा जन्मिएका क्रिकेटर हुन् र वेस्ट इन्डिजका पूर्व कप्तान फ्र्याङ्क वारेल हुन् । क्रिकेटमा उनको योगदानको कदर गर्दै बार्बाडोसको केन्द्रीय बैंकले मुद्रामा उनको छवि जारी गर्यो ।
५ डलरको नोटमा उनको फोटो सन् १९७३ देखि छापिन सुरु भएको हो । अहिले पनि ५ डलरको फोटोमा उनकै फोसो छापिन्छ । उनी पछि राजनीतिमा सक्रिय भएर बारबाडोसको सिनेटर पनि बनेका थिए ।

वोरेलले ५१ टेस्टमा ३८६० रन (औसत ४९.४८) बनाए र ६९ विकेट लिए। उनले बार्बाडोस र जमैकाका लागि २०८ प्रथम श्रेणी खेल पनि खेले। उनी वेस्ट इण्डिजको कप्तान बन्ने पहिलो अश्वेत खेलाडी पनि थिए ।
वोरेल मैदानमा आफ्नो कोमल स्वभाव र खेल भावनाका लागि परिचित थिए। १९६२ मा भारतीय कप्तान नारी कन्ट्र्याक्टर घाइते हुँदा वोरेलले रक्तदान गरेर उनको जीवन बचाउन मद्दत गरेका थिए ।
यस मानवीय कार्यको सम्झनामा पश्चिम बंगाल क्रिकेट संघले १९८१ देखि हरेक वर्ष कोलकाताको इडेन गार्डेनमा रक्तदान शिविर आयोजना गर्दै आएको छ।







डिसी नेपाल








Facebook Comment