सामाजिक सुरक्षा भत्ता नपाएपछि नगरपालिकामा तालाबन्दी

डिसी नेपाल
२५ साउन २०८२ १७:१७
120
Shares

रौतहट । रौतहटको गुजरा नगरपालिकाको कार्यालयमा सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुले तालाबन्दी गरेका छन्।

लामो समयसम्म पनि सामाजिक सुरक्षा र बालपोषण भत्ता रकम नपाएको भन्दै उनीहरुले आइतबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्।

गुजरा नगरपालिकाले एनआईसी एशिया बैंक सिमरा भवानीपुर शाखामार्फत सामाजिक सुरक्षा भत्ताको रकम बितरण गर्दै आएको छ।

नगरपालिकाले गएको असार ११ गते बैकको खातामा सामाजिक सुरक्षा भताको रकम जम्मा गरेको थियो। सामाजिक सुरक्षा भत्ता समयमा नै दिने उदेश्यले बैकमा जम्मा गरेपनि अहिलेसम्म नपाउनु दुखद भएको गुजरा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदय नारायण देबकोटाले बताए।

आफू यस कार्यलयमा हाजिर भएर आएपछि पहिलो प्रथामिकता सामाजिक सुरक्षा भत्ता बितरण लाई दिएको उनले उल्लेख गरे।

एक वर्षदेखिको बालपोषण भताको रकम बैंकले वितरण नगरेको स्थानीयले बताएका छन। सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकले कर्मचारीको अभाव देखाउने गरेको उनीहरुको गुनासो छ।

ज्येष्ठ नागरिकको भत्ताको लागि नगरपालिकाले ५ करोड रकम जम्मा गरेको थियो भने बालपोषणको लागि ९४ लाख रुपंैयाँ बैकमा छ।

एनआईसी एशिया बंैकका शाखाका म्यानेजर सदेउ प्रवेजले बिविध कारणले सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ भएको बताए।

तालिका प्रकाशन हुन ढिलाइ भएकाले भत्ताको रकम बितरणमा ढिला भएको उनको भनाइ छ। अब छिटै बितरण गरिने उनले जानकारी दिए।
गुजरा नगरपालिकाको तथ्याक अनुसार ३ हजार ३ सय ज्येष्ठ नागरिक र ५ हजार ४ सय बालपोषण भत्ता बुझ्ने संख्या रहेका छन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.