बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै, लामा पक्षधर १४ सांसदले देलान् मत ?

डिसी नेपाल
२७ साउन २०८२ १०:१७

हेटौंडा। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज संसदबाट विश्वासको मत लिने भएका छन्। हेटौंडास्थित प्रदेश सभा बैठकमा दिउँसो ४ः०० बजे उनले विश्वासको मत लिन लागेका हुन्। गत साउन २० मा कांग्रेस–एमालेका ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँलाई एक सातामा नै विश्वासको मत लिन लागेका हुन्।

बाग्मती प्रदेशसभाको १ सय १० सदस्य मध्ये सरकार बचाउनका लागि बानियाँलाई कम्तीमा ५६ सांसदको समर्थन चाहिन्छ तर यसअघि आफ्नै पार्टीका बहादुर लामालाई हटाएर मुख्यमन्त्री भएका बानियाँले लामा पक्षधरका १४ जनाको विश्वास जित्नु अनिवार्य छ। यदि, लामा पक्षधर १४ सांसदले मत हालेनन् भने उनको सरकार एक सातामा ढल्नेछ। र, नयाँ प्रकिया सुरू गर्नु पर्नेछ।

अझैसम्म असन्तुष्ट रहेका लामा पक्षधरलाइ मनाउने जिम्मा सभापति शेरबहादुर देउवाले लिएका छन्। स्राेतका अनुसार देउवाकाे निर्देशनपछि लामा पक्षधर सांसदले मत हाल्ने विश्वास बानियाँकाे छ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकारको नेतृत्व गरेका बानियाँले आज नेपालको संविधानको धारा १६८ उपधारा (४) र प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिन लागेका हुन् । उनले कम्तिमा ३० दिन भित्र मत लिन पाउने ब्यवस्था भए पनि नियुक्ती भएको ७ दिनमा उनले यो प्रयास गरेका हुन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *