आ बाट आमा’को ‘सृष्टिकै पहिलो नाम’ रिलिज

डिसी नेपाल
१ पुष २०८२ १०:२४
28
Shares

काठमाडौँ । चन्द्र पन्त निर्देशित फिल्म ‘आ बाट आमा’को ‘सृष्टिकै पहिलो नाम’रिलिज भएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गीत रिलिज गरिएको हो।

गीतको भिडियोमा विपना थापा,पल शाह,प्रदीप रावत,सिम्रन पन्त,उषा उप्रेती,साइग्रेस पोखरेल,गजित बिष्ट लगायतलाई देख्न सकिन्छ। परदेशिएको छोराको विलौला र आमाको मायालाई गीतको भिडियोमा दर्शाइएको छ। यस मार्मिक गीतमा शब्द रचना तथा संगीत बाबुल गिरीको छ भने गायन रबी ओडको छ।

गीतको भाव अनुसार नै भिडियो निर्माण निर्माण पक्षले गरेको देखिन्छ। जहाँ सन्तानप्रतिको माया ममता तथा स्नेहको कथालाई फिल्मले बोल्ने प्रष्ट छ।
गीत रिलिज कार्यक्रममा फिल्मका निर्देशक चन्द्र पन्तले आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए।

‘यो मेरो ड्रिम प्रोजेक्ट हो’,उनले गीत रिलिज कार्यक्रममा भने,‘जुन हामीले धेरै सफलताका साथ सम्पादन गरेका छौँ। आज यो टाइटल सङ आ बाट आमा जनु मैले सुटिङ गर्नुभन्दा पहिलेदेखि नै मेरो ड्रिम प्रोजेक्ट हो भन्थेँ। सोही गीत आज हामीले रिलिज गर्यौँ। आशा गछौँ,यो गीत सबैले मन पराइदिनु हुनेछ।’

निर्देशक पन्तकै कथा तथा पटकथा रहेको यस फिल्ममा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती,सिम्रन पन्त,साइग्रेस पोखरेल,गजित बिष्ट,बेगम नेपाली लगायतले मुख्य भुमिकामा अभिनय गरेका छन्।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती रहेका छन्। फिल्मको संगीतमा कोशिस क्षेत्री,बाबुल गिरी,थानेश्वर गौतम,रहेका छन्। फिल्मका गीतको कोरियोग्राफी गंभिर बिष्ट र दिलिप ओखेडाको रहेको छ।

अभिमन्यू निरवीले लेखेको यो फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् भने लगानी कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाले गरेका छन्। यस फिल्मको कार्यकारी निर्माता करण सिंह रसाली रहेका छन्। फिल्मलाई नवराज उप्रेतीले छायाङ्कन गरेका छन्। फिल्मको ट्रेलर टिजर साहिल खानले काटेका छन्।

यसअघि यो फिल्मको टिजर तथा फिल्मका पोस्टरले दर्शकमाझ फिल्मप्रति कौतुहल्ता जगाइसकेको छ। नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने यो फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ। फिल्म आगामी माघ १६ गतेबाट अल नेपाल रिलिज हुँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *