जुम्ला र कास्कीमा गरी दुई महिला मृत फेला

डिसी नेपाल
२७ साउन २०८२ १२:३०
492
Shares

काठमाडौं । जुम्ला र कास्कीमा गरी दुई महिला मृत फेला परेकी छन्।

जुम्लाको तिलागुफा नगरपालिका-४ राचुली घर भई हिमा गाउँपालिका-६ जर्जालीस्थित माईती घरमा बस्ने ४१ वर्षीया मनसोभा अधिकारी थापा सोही ठाउँस्थित पातर खोलाको किनारमा सोमबार मृत अवस्थामा फेला परेकी छन्।

कास्कीको पोखरा महानगरपालिका-२९ पुलचोक पट्टनेरी सेती खोँचमा सोही ठाउँ बस्ने ४७ वर्षीया मिठु राज वंशी सोमबार मृत अवस्थामा फेला परेकी छन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.