माओवादी अराजनीतिक ढंगले सरकारविरुद्ध षड्यन्त्र गरिरहेको छ : महेश बर्तौला

डिसी नेपाल
२७ साउन २०८२ १६:५७
108
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले माओवादीले अराजनीतिक र अपराधीक तरिकाबाट सरकारविरुद्ध षडयन्त्र गरिरहेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बर्तौलाले सरकारबाट बाहिरिनुको छटपटीले आफूलाई म्याजिक नम्बर भन्नेहरूले सरकारविरुद्ध अराजनीतिक र अपराधीक तरिकाबाट षडयन्त्र गरिरहेको आरोप लगाएका हुन्। उनले माओवादीले सत्ता राजनीति र दाउपेजमा दिनराज समय खर्चिरहेको समेत टिप्पणी गरे।

त्यस्तै राजावादी समर्थक र आफूहरूलाई नयाँ बैकल्पीक भन्ने उदेश्यबिहीन शक्तिहरू अहिलेको सरकारको विरुद्धमा संगठीत रुपमा नै कुप्रचारमा लागेको उनले बताए। बर्तौलाले चौतर्फी प्रहार भए पनि सरकारले एक वर्षको अवधिमा सुशासन र सेवा प्रवाह सुधारका लागि कानुनी पक्षमा धेरै महत्वपूर्ण कामहरु गर्न सफल भएको दावी गरे।

त्यस्तै उनले रास्वपा र राप्रपाका सांसदहरु संसदीय समितिमा सहभागी हुने तर संसद बहिष्कार गर्ने नाटकको कुनै अर्थ नभएको बताए। त्यसैगरि उहाले रवि लामिछानेले बिगो स्वीकार गरेर जमानतमा छुट्न पाउँ भन्दै अदालतमा निवेदन दिएकाले घुमाउरो तरिकाबाट अपराध स्वीकार गरिसकेको जिकिर गरे।

उनले संसदमा रास्वपा सांसदहरुले गालीगलौजको भाषा प्रयोग गरेको भन्दै आपत्ति जनाए। अहिले गरेको विरोध सहि लागेपनि पछि यहि कार्यशैलिका कारण रास्वपाको अस्तीत्व खतरामा पर्ने उनको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.