युवाले अघि सारेका नव प्रवर्द्धनलाई समर्थन गर्न सरकार तयार छ : मन्त्री शाही

डिसी नेपाल
२७ साउन २०८२ १९:११
148
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले युवाहरुको नव प्रवद्र्धनलाई समर्थन गर्न दिगो विकासमा विज्ञान र नीतिबीचको साझेदारी निर्माण गरिरहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित नीति संवाद कार्यक्रममा बोल्दै लैङ्गिक समानतालाई वातावरणीय नीति र जलवायु कार्यको मूख्य आधारमा ल्याउन प्रतिबद्ध रहेको बताए।

उनले भने,‘हाम्रो वन तथा वातावरण मन्त्रालयले लैङ्गिक समानतालाई वातावरणीय नीति र जलवायु कार्यमा मुख्य आधारमा ल्याउन प्रतिबद्ध छौं। युवाहरुको नव प्रवद्र्धनलाई समर्थन गर्न दिगो विकासमा विज्ञान र नीतिबीचको साझेदारी निर्माण गर्न हामी लागिरहेको छौं।’

उनले विशेषगरी महिला र किशोरीहरुमा पर्यावरणीय चुनौतिहरुसँग जुध्न, विपदबाट जोगिन र प्राकृतिक स्रोतहरुको संरक्षणको लागि कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए।
त्यस्तै सोही कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले मुखले भन्नेमात्र नभई व्यवहारमा पनि सबैलाई राजनीतिमा समावेशीकरण गर्नुपर्ने बताइन्।

देशको विकासका लागि हरेक क्षेत्रमा युवाहरुलाई प्रत्सोहान गराउनु आजको आवश्यकता रहेको उनको भनाई छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.