रोजिन शाक्य मिसेस नेपाल अष्ट्रेलिया २०२५ का आधिकारिक कोरियोग्राफर

डिसी नेपाल
२८ साउन २०८२ १०:२०
60
Shares

काठमाडाैं। अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यलाई मिसेस नेपाल अष्ट्रेलिया २०२५ का लागि आधिकारिक कोरियोग्राफरको रूपमा औपचारिक रूपमा नियुक्त गरिएको छ।

हिमाली कल्चर ग्रुप मेलबर्न र इभेन्ट्स नेपाल अष्ट्रेलियाको सहकार्यमा आयोजना हुने यो प्रतियोगिता अष्ट्रेलियामा बसोबास गर्ने विवाहित नेपाली महिलाहरूको प्रतिभा, पहिचान र सामर्थ्यलाई उजागर गर्ने उद्देश्यले सुरु गरिएको एक प्रेरणादायक पहल हो।

शाक्यको नियुक्तिसँगै प्रतियोगितामा सहभागी हुने प्रतिस्पर्धीहरूलाई अन्तर्राष्ट्रिय स्तरको नृत्य, प्रस्तुति र व्यक्तित्व विकास सम्बन्धी तालिम प्रदान गरिनेछ। कार्यक्रममा इभेन्ट व्यवस्थापनको नेतृत्व १६ वर्षभन्दा बढीको अनुभव बोकेको ख्यातिप्राप्त संस्था सिजन मिडियाले गर्नेछ।

दुई दशकभन्दा बढीको अनुभव बोकेका शाक्यलाई नेपालको सबैभन्दा सफल फेसन कोरियोग्राफरहरूमध्ये एक मानिन्छ। उनले १२०० भन्दा बढी कार्यक्रमहरू कोरियोग्राफ गरिसकेका छन्, जसमा ३०० भन्दा बढी फेसन शो र अन्तर्राष्ट्रिय स्तरका सौन्दर्य प्रतियोगिताहरू जस्तै हेरिटेज पेजेन्ट्स, मिस मरमेड सिंगापुर, मोडल सुपरस्टार मुम्बई र मिस तामाङ वर्ल्ड जस्ता इभेन्टहरू समावेश छन्। उनको कार्यशैलीमा सृजनात्मकता, सांस्कृतिक आत्मसात, र ग्लोबल अनुभवको मिश्रण पाइन्छ।

शाक्यका उल्लेखनीय योगदानहरूका लागि उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरेका छन्। सन् २०१९ मा मलेसियामा आयोजित इन्टरनेशनल एक्सेलेन्स अवार्ड मा आउटस्ट्यान्डिङ इन्टरनेशनल कोरियोग्राफर को उपाधि, त्यसै वर्ष दुबईमा इन्टरनेशनल फेसन कोरियोग्राफर एचिभमेन्ट अवार्ड, काठमाडौंमा लेजेन्डरी फेसन कोरियोग्राफर पेजेन्ट नेपाल फेसन एण्ड मोडल अवार्ड्स), २०२० मा फेसनफेयर अवार्ड अन्तर्गत बेस्ट इन्टरनेशनल नेपाली फेसन कोरियोग्राफर, मोडल साङ्स अवार्ड २०२० मा बेस्ट फेसन कोरियोग्राफर, २०२२ मा दुबईमा आइकोनिक फेसन कोरियोग्राफर तथा २०२३ मा थाइल्याण्डमा कोरियोग्राफर अफ द इयर जस्ता पुरस्कारहरूले उनको सफलतालाई थप पुष्टी गरेका छन्।

फेसन क्षेत्रका साथै शाक्य मिडिया क्षेत्रका एक परिचित व्यक्तित्व पनि हुन्। हाल उनी इमेज च्यानल टेलिभिजनमा समाचार वाचकको रूपमा कार्यरत छन् . प्रस्तुतकर्ता तथा कार्यक्रम सञ्चालकको रूपमा उनले १४०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरू सञ्चालन गरिसकेका छन्। उनी शिक्षण क्षेत्रमा पनि संलग्न छन्, जहाँ उनले नमूना कलेज अफ फेसन टेक्नोलोजी, काठमाडौं एकेडेमी अफ टुरिज्म एण्ड होस्पिटालिटीमा व्यक्तित्व विकास, मिडिया, टुरिज्म कम्युनिकेसन तथा इभेन्ट म्यानेजमेन्ट जस्ता विषयहरू अध्यापन गरिरहेका छन्। साथैको प्रशिक्षककै रुपमा उनी आईआईएफटी, नेपाल एयरहोस्टेस् एकेडेमी, फ्लाईटेक इन्टरनेसनल आबद्ध रहेका छन् ।

मिसेस नेपाल अष्ट्रेलिया २०२५ का लागि चयन भएका ३० प्रतिस्पर्धीहरूलाई शाक्यको निर्देशनमा र्‍याम्प वाक, स्टेज प्रजेन्टेसन, परफर्मेन्स कोअर्डिनेसन लगायतका विविध पक्षमा उच्चस्तरीय प्रशिक्षण दिइनेछ। प्रशिक्षण अवधिमा फिजिकल फिटनेस, जुम्बा, एरोबिक्स, सेल्फ डिफेन्स, पब्लिक स्पिकिङ, टेबल एटीकेट, सेल्फ मेकअप र पर्सनालिटी एन्हान्समेन्ट सम्बन्धी कार्यशालाहरू पनि समावेश गरिनेछ। यो कार्यक्रम केवल सुन्दरता प्रतियोगिता नभएर सहभागी महिलाहरूको बहुआयामिक विकासको यात्रालाई समर्पित छ।

मिसेस नेपाल अष्ट्रेलिया २०२५ को पहिलो संस्करणले अष्ट्रेलियामा विविध पेशागत पृष्ठभूमिमा क्रियाशील नेपाली महिलाहरूलाई सहभागिता जनाउने अवसर प्रदान गर्दैछ। नेतृत्व विकास, आत्म-अभिव्यक्ति र सञ्चार क्षमताको विकासमार्फत नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्न सक्ने सक्षम महिलाहरू उत्पादन गर्ने लक्ष्यसहित यो प्रतियोगिता आयोजना गरिँदैछ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.