जीडीको ‘पहाडको छोरो’ गीत सार्वजनिक

डिसी नेपाल
२८ साउन २०८२ १५:५३
68
Shares

काठमाडौं। सोसल मिडियामा कन्टेन्ट क्रियटर गणेश देवकोटा जीडीले ‘पहाडको छोरो’ गीत सार्वजनिक गरेका छन्।

फैजी फिल्म प्रडक्सनले तयार पारेको ‘पहाडको छोरो’ गणेश (जीडी) युट्युव च्यानमा १० लाख सस्क्राइभर पुगेको अवसरमा आयोजित एक समारोहबीच गीत सार्वजनिक गरिएको हो।

गीतपछि बोल्दै गणेश देवकोटा (जीडी) ले, आफ्नो युट्युव च्यानलमा दश लाख सस्क्राइभर पुगेको अवसर पारेर ‘पहाडको छोरो’ गीत सार्वजनिक गरिएको बताएका छन्।

उनले आफ्नो जीवनको कथा संघर्ष र सफलताको कथालाई गीतमा समावेश गरिएको बताउनुभयो। गीतले आफ्नो युट्युवको जर्नी यात्रा शुरूवातदेखि आजसम्मको यात्रालाई समावेश गर्दै सार्वजनिक गरिएको बताए।

रारामा छायांकन गरिएको भिडियोले आफ्नो वास्तविक जीवनलाई प्रस्तुत गरेको (जीडी)ले बताए। उनले युट्युव च्यानलमा मनोरञ्जन लगायत विभिन्न विधाका भिडियोहरू रहेको छ।

गणेश (जीडी) युट्युब च्यानलमा मंगलबार सार्वजनिक गीतमा हालसम्म चालीस हजार पटक हेरिसकिएको छ। उक्त गीतको शव्द संरचना गणेश (जीडी)को रहेको छ भने जीडी प्रडक्सनले तयार पारेको ’पहाडको छोरो’ को निर्देशन विवेक मगरले गरेका हुन्। भिडियोमा सिनेम्याटोग्राफर यौढिन योञ्जन रहेका छन्।

गीतको बोलले जीवनको संघर्षदेखि सफलताको कथालाई प्रस्तुत गरेको छ भने, हिजो हेर यस्तो थिए म आज कस्तो छु? कस्तो भए भन्ने कुराहरू प्रस्तुत गरिएको छ। करिब ५ मिनेट हाराहारी रहेको भिडियोले संघर्ष गर्दै गयो भने एकदिन अवस्य सफल भईन्छ भन्ने कुरालाई प्रस्तुत गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.