आजदेखि एन्फा महिला लिग छनोट, पहिलो दिन ४ टोली भिड्दै

डिसी नेपाल
२९ साउन २०८२ ६:५५
232
Shares

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा आजदेखि एन्फा महिला लिग छनोट आयोजना हुँदैछ। एन्फा फुटबल मैदान सातदोबाटोमा हुने प्रतियोगितामा १४ टोलीको सहभागिता रहने छन्। सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बीच फुटबल तथा एफसी रियल छन्।

समूह ‘बी’ मा एनआरटी, संकटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा र्गल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन्।

आज पहिलो दिन एफसी रियल र छहारी तथा संकटा एफसी र नेपाल खेलकुद क्लबका बीचमा खेल हुनेछ।

सहभागी मध्यबाट उत्कृष्ट  ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन्।

साथै, दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बीचमा प्ले अफ खेल मार्फत पाँचौँ टोलीको टुङ्गो लाग्ने छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.