राधाकृष्ण रथयात्रा मुलुकको गौरवः मुख्यमन्त्री कार्की

डिसी नेपाल
२९ साउन २०८२ २०:२९
40
Shares

मोरङ। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको राधाकृष्ण रथयात्रा मुलुकको गौरवको भएको बताएका छन्।

राधाकृष्ण मन्दिर विराटनगर-१ मा आज रथयात्राको निरीक्षणमा पुगेका उनले यो यात्रा कोशी प्रदेशको गौरव भएकाले यसलाई भव्य र सभ्य रुपमा मनाउनका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए।

यस वर्षदेखि नयाँ स्वरूपमा निर्माण गरिएको रथ अवलोकन गर्दै मुख्यमन्त्री कार्कीले पुरानो रथलाई संरक्षण गरेर मन्दिर परिसरभित्रै राख्न आग्रह गरे। उनले रथ यात्रालाई भव्य रुपमा सम्पन्न गर्न सुरक्षा संयन्त्रलाई निर्देशन दिइसकेको भन्दै हेलिकप्टरबाट पुष्प वृष्टि गर्नका लागि नेपाली सेनासँग आग्रह गरिएको जानकारी दिए।

मुख्यमन्त्री कार्कीलाई राधाकृष्ण रथयात्रा समारोह समितिका संयोजक कैलाश रेग्मी र सदस्य नन्दकिशोर राठी, कृष्ण कार्कीले रथयात्राको तयारीका बारेमा जानकारी गराएका थिए। श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा रथयात्रा निकालिन्छ। रथयात्रामा नेपाल तथा भारतका भक्तजनहरूको सहभागिता हुने गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.