एन्फा महिला लिग छनौट आज २ खेल हुँदै

डिसी नेपाल
३० साउन २०८२ ७:०३
40
Shares

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) महिला लिग छनोटमा आज ४ टोली भिड्दैछन्।

आजको पहिलो खेलमा राप्ती एएफसी र सिन्धुपाल्चोक रिसोर्ट एन्ड बिच फुटबलब बीचमा पहिलो खेल हुँदैछ। जुन खेल अपरान्ह १२ः३० बजेबाट सुरू हुनेछ।

बिहीबारदेखि सुरू भएको खेलमा १४ टोलीले सहभागिता जनाएका छन्। समूह ‘ए’ मा चर्च ब्वाइज युनाइटेड, छहारी फुटबल क्लब, राप्ती एफसी, सिन्धुपाल्चोक एफसी, स्टुडेन्ट फुटबल क्लब, आरबी रिसोर्ट एन्ड बिच फुटबल तथा एफसी रियल छन्।

समूह ‘बी’ मा एनआरटी, संकटा एफसी, बुटवल लुम्बिनी एफसी, एन्बिएम पोखरा र्गल्स एफसी, झापा एफसी, लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर तथा नेपाल खेलकुद क्लब छन्।

सहभागी मध्यबाट उत्कृष्ट  ५ टोली एन्फा महिला लिगमा छनोट हुने छन्।  साथै, दुवै समूहमा शीर्ष दुई स्थान पाउने टोली एन्फा लिगमा सहभागी हुने छन् भने समूहमा तेस्रो स्थान पाउने दुई टोलीका बिचमा प्ले अफ खेल मार्फत पाँचौँ टोलीको टुंगाे लाग्ने छ।

हिजो पहिलो दिन एफसी रियल र छहारी तथा सङ्कटा एफसी र नेपाल खेलकुद क्लबका बीचमा खेल भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.