सूर्य उदाउनु अघिको पोखराको फेवाताल (तस्बिरहरू)

डिसी नेपाल
३० साउन २०८२ ८:३६
16
Shares

फेवाताल नेपालको गण्डकी प्रदेशमा अवस्थित पर्यटकीय नगरी पोखराको प्रमुख र प्रसिद्ध ताल हो। यो ताल नेपालको दोस्रो ठूलो र पर्यटक दृष्टिले सबैभन्दा महत्त्वपूर्ण ताल हो। तालको मध्यभागमा अवस्थित तालबाराही मन्दिर- यो पोखराको सांस्कृतिक र धार्मिक गहना हो। फेवा तालमा डुंगा सयर (boating) अत्यन्तै लोकप्रिय छ।

तालमा डुंगा चढेर बिहानी र सन्ध्याकालीन दृश्य हेर्नु वा तालबाराही मन्दिरसम्म पुग्नु यहाँ आउने हरेक पर्यटकका लागि अविस्मरणीय अनुभव हुन्छ। फेवातालको पानीमा माछापुच्छ्रे हिमालको छायाँ देखिन्छ, जुन यसको सबैभन्दा चर्चित र मनमोहक दृश्य हो। सुर्योदय वा सूर्यास्तका बेला तालको छेउमा बस्दा प्रकृतिको मौन सौन्दर्य गहिरो अनुभूति दिलाउँछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.