मनोहराको सुकुम्बासी बस्तीमा महानगरले चलायो डोजर (तस्बिरहरू)

डिसी नेपाल
३० साउन २०८२ १४:५६
112
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मनोहरामा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाएको छ।

शुक्रबार नगरप्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले मनोहराको सुकुम्बासी बस्तीमा पुगेर अवैध रुपमा बनेका घर, टहरा र संरचनाहरु भत्काएको हो।

बस्तीमा डोजर चलेपछि नगर प्रहरी र नेपाल प्रहरीको टोलीमाथि सुकुम्बासीहरुले ढुंगामुढा प्रहार समेत गरेका थिए।

काठमाडौं र भक्तपुरको सीमाना पर्ने मनोहरा खोला किनारको सुकुम्बासी बस्तीमा अवैध रुपमा नयाँ घरहरुमा बनाइएको थियो।

व्यक्तिको जग्गामा बनेको संरचना हटाउन ७ दिनको समय दिएको थियो। व्यक्तिको जग्गामा नयाँ संरचना बनेपछि महानगरले डोजर चलाएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.