नेपाललाई एक सय ७८ रनको लक्ष्य, सन्दीपले लिए ३ विकेट

डिसी नेपाल
३० साउन २०८२ १६:०४
212
Shares

काठमाडौं। अष्ट्रेलियाको टप एण्ड टी–२० सिरिजमा आफ्नो पहिलो खेलमा नेपालले एक सय ७८ रनको लक्ष्य पाएको छ। अस्ट्रेलियाको डार्विनमा स्थानीय क्लब नर्दर्न टेरिटोरी स्ट्राइकरले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७७ रन बनाएको हो।

नर्दर्न टेरिटोरीकालागि ओपनर डार्सी सटले ५१ रनको अर्धसतकीय पारी खेले। यस्तै टम एन्ड्रुसले ३२ रन तथा जार्डन सिल्कले १९ रन बनाए। नेपालका सन्दीप लामिछानले ३ विकेट लिए। यस्तै साहब आलमले २ तथा रुपेश सिंह, दिपेन्द्र सिंह ऐरी र गुल्शन झाले एक एक विकेट लिए।

पहिलो पटक यस प्रतियोगितामा सहभागिता जनाएको नेपालले ट्वान्टी–२० विश्वकप छनोटको तयारीस्वरूप उक्त प्रतियोगिता खेल्न लागेको हो। प्रतियोगितामा विभिन्न ११ टोलीको सहभागिता रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.