टप एन्ड टी–२० सिरिजमा नेपाल र बंगलादेश ‘ए’ भिड्दै
काठमाडौं। अस्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा आज नेपाल र बंगलादेश भिड्दै छन्। आफ्नो पहिलो खेलमा शुक्रबार अस्ट्रेलियाको नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनको हार बेहोरेको नेपालले दोस्रो खेलमा आज बंगलादेश ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो।
पहिलो जितको खोजीमा रहेको नेपालले नेपाली समय अनुसार दिउँसो २:१५ बजे बंगलादेश ‘ए’ सँग प्रतिस्पर्धा गर्ने छ। यस्तै, तेस्रो खेलमा सोमबार मेलबर्न स्टार्ससँग भिड्ने नेपालले चौथो खेलमा मंगलबार होबार्ट हुरिकेन्ससँग प्रतिस्पर्धा गर्नेछ। चौथो खेलमा अगस्ट २० मा मेलबर्न रेनेगेड्स र पाँचौ खेल अगस्ट २२ मा पाकिस्तानको शाहीन्स प्रतिस्पर्धा गर्ने तालिका रहेको छ। यो सिरिजमा ११ टोलीको सहभागिता रहेको छ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम रहेका छन्।







डिसी नेपाल







Facebook Comment