गण्डकी प्रदेशमा आठ सय ११ जनामा डेङ्गु सङ्क्रमण

डिसी नेपाल
१ भदौ २०८२ ८:५८
32
Shares

काठमाडौं । गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार गत पुस महिनायता डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको हो ।

त्यस्तै पछिल्लो तीन सातामा मात्र दुई सय दुई जनामा उक्त सङ्क्रमण पुष्टि भएको छ ।

सबैभन्दा बढी कास्कीमा चार सय ४१, तनहुँमा एक सय २०, लमजुङमा ९३, गोरखामा ५८, बागलुङमा ३२, स्याङ्जामा ३२, पर्वतमा २०, म्याग्दीमा १०, नवलपुर चार र मुस्ताङमा जम्मा एक जनामा डेङ्गु संक्रमण देखिएको हो ।

पोखरामा हालसम्म चार सय ३२ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । पछिल्लो तीन सातामा पोखरामा एक सय २९ जना डेङ्गी सङ्क्रमणका बिरामी थपिएका थिए । डेङ्गु सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.