नेपालकै ठुलो रथयात्रा विराटनगरमा निकालिँदै

डिसी नेपाल
१ भदौ २०८२ ९:१५
28
Shares

विराटनगर । कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा कृष्ण जन्माष्टमीको भोली पल्ट निकालिने रथयात्राको तयारी पूरा भएको छ ।
विराटनगरको रथलाई महत्वका साथलिने गरिन्छ । राधाकृष्ण मन्दिर कार्यसमितिका सचिव कृष्णबहादुर कार्कीले रथ निकाल्ने अन्तिम अवस्थामा पुगेको जनाए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समेत केहिदिनअघिविराटनगरको राधाकृष्ण रथयात्रा कोशीप्रदेश मात्र नभएर देशकै गौरवको उत्सव भएको बताएका थिए । यो नेपालकै ठुलो र एसियामा दोस्रो ठुलो रथयात्राहो, जसमा भारत र नेपालका भक्तजनहरूको सहभागी हुने अपेक्षा गरिएको छ ।

यसैबिच मुख्यमन्त्री कार्कीले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा प्रदेशवासी तथा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा सत्य, धर्म र न्यायका प्रणेता श्रीकृष्णको उपदेश र शिक्षा आज पनि सान्दर्भिक रहेको उल्लेख छ ।

उनकाअनुसार धर्म, सत्य र कर्तव्य पालनका लागि श्रीकृष्णले दिनुभएको सन्देशले समाजलाई सत्मार्ग तर्फ डोर्याउने मात्र नभई समुन्नत र सुसंस्कारयुक्त बनाउन अभिप्रेरित गर्ने आधार बनेको छ । राधाकृष्ण रथयात्राका क्रममा भक्तजनको भीडले फूल र बिरुवामा क्षति पुग्ने भन्दै विराटनगर महानगरपालिकाले बरगाछी देखि रोडशेषसम्मको डिभाइडरमा लगाएका फूल र बिरुवाको संरक्षणका लागि स्वयंसेवक परिचालन गर्ने भएको छ ।

महानगरले स्वयंसेवक परिचालन गरेर संरक्षण गर्ने नीतिअघि सारेको हो । फूल र बिरुवाको संरक्षणका लागि खटिने स्वयम्सेवकहरुलाई महानगरका मेयर नागेश कोइरालाको उपस्थितिमा प्रशिक्षणसमेत दिइएको थियो । महानगरको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रममा मेयर कोइरालाले अनुशासितभएर आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरे ।

उनले फूल र बिरुवाको संरक्षणसँगै महिला, बालबालिका, ज्येष्ठनागरिक माथि अभद्र व्यवहार भएमा त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाउन समेत आग्रह गरे । ‘तपाईँहरू पूर्ण अनुशासित भएर जिम्मेवारी पूरा गर्नुहोला । कसैले बदमासी गरेमा त्यसलाई तपाईँहरूले कुटपिट गर्ने र हुलहुज्जत गर्ने काम नगर्नुहोला,’उनले भनेका छन् ।

यस्तै रथयात्राको सुरक्षाका लागि मोरङ प्रहरीले विशेष सुरक्षा योजनाबनाइएको जनाएको छ । भिड व्यवस्थापन र सम्भावित आपराधिक गतिविधि हुन नदिनका लागि १ हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कृष्ण जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्रा कोशी प्रदेशका विभिन्न ठाउँबाट आजनिकालिँदै छ । रथयात्राका कार्यक्रम दिउँसो १२ बजेपछि हुनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.